Breaking News
१२३ रनले जितेका इनर्वा टिम मेयर कपको सेमीफाइनलमा सुरक्षित ।

१२३ रनले जितेका इनर्वा टिम मेयर कपको सेमीफाइनलमा सुरक्षित ।

आरएन पटेल । २२ कार्तिक २०८० ।
बौधिमाई मेयर कप क्वाटरफाइनलको खेलमा इनर्वा टिम १ सय २३ रनले बिजयी भएका छन । रौतहटको बौधिमाई नगरपालिकाको सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघ गौरले आयोजना गरेको मेयर कप क्रिकेट टूर्नामेन्टको क्वाटरफाइनल मैचको खेलमा ईनर्वा टिमले बंकुल टिमलाई पराजित गर्दै ठुलो रनको अन्तरले जित हात परेका छन ।

बौधिमाई नपाको सरमुजवा गुजरा माई क्रिकेट खेल मैदानमा कार्तिक १८ गते देखि सुरु भएको मेयर कप २०८० क्रिकेट प्रतियोगिताको आज बुधवार भएको क्वाटरफाइनल मैचको खेलमा ईनर्वा टिमले १ सय २३ रनले बंकुल टिमलाई पराजित गर्दै जीत हात परेका छन । मेयर कपको पाँचौ खेलमा बौधिमाई नपा वडा नं.२ इनर्वा टिम र बौधिमाई नपा वडा नं.७ बंकुल टिम बिच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धाको सुरुवातमा बंकुल टिम टॉस जिती इनर्वा टिमलाई ब्याटिंग गर्न दिएको थियो । इनर्वा टिमले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै २ सय ३६ रन जोड़ेका थिए । जवाफी बल्लेबाजीमा उत्रेका बंकुल टिमले २ सय ३६ रनको लक्ष्य पछ्याउदै निर्धारित २० ओभरको खेलमा १५ ओभर ३ बॉलमा सबै विकेट गुमाएर मात्र १ सय १३ रन बनाई पराजित हुनु परेको थियो ।

बौधिमाई नगरपालिकाको सरमुजवा स्थित गुजरा माई क्रिकेट खेल मैदानमा विगतका दिनमा भएको सम्पूर्ण क्रिकेट खेलहरुको रन रेकर्ड तोड़दै मंगलवार भएको मटिअर्वा र इनर्वा टिम बिचको खेलमा इनर्वा टिमले मात्र १६ ओभर ४ बॉलमा २ सय १६ रन बनाउदै गुजरा माई क्रिकेट खेल मैदानमा नयाँ रेकर्ड कायम गरेको थियो । आज भएको बंकुल र इनर्वा टिम बिचको खेलमा इनर्वा टिमले पुनः पछिल्लो रन रेकर्ड तोड्दै निर्धारित २० ओभरमा २ सय ३६ रन बनाई गुजरामाई खेल मैदानको लागि नयाँ कीर्तिमान रचेका छन ।


सानदार बल्लेबाजी गर्दै इनर्वा टिमका खेलाड़ी रूपेश पटेलले व्यक्तिगत ३६ रन बनाई ३ विकेट लिएर टिमलाई बिजयी गराउन अहम भूमिका खेलेका थिए । राम्रो पारी खेल्दै निज पटेल आजको मैचको मैन अफ द मैचको पुरस्कारबाट सम्मानित भएका हुन ।

यस प्रतियोगितामा भोली २३ गते बिहीबारका दिन वडा नं. १ बौधा अजगैबी र वडा नं. ८ सरमुजवा बिच प्रतिस्पर्धा हुने आयोजकले बताएका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*