Breaking News
रौतहटमा माण्डवीद्वारा राहत सामाग्री बितरण

रौतहटमा माण्डवीद्वारा राहत सामाग्री बितरण

चन्दन कुमार महतो
रौतहट, माघ १२ गते ।
रौतहट जिल्ला अन्तर्गत माण्डवीको अगुवाई र एफ सी डी ओ / स्टार्ट फण्ड नेपाल/ को आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा शीत लहर परियोजना अन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवी सँस्थाले आज देखि राहत वितरण गर्ने कार्य शुरु गरेको छ ।

रौतहट जिल्लाका गौर नगरपालिका, परोहा नगरपालिका तथा ईशनाथ नगरपालिका र सर्लाही जिल्लाका धनकौल गाँउपालिकामा गरी ४ वटा पालिकाहरुका शीत लहर परियोजना अन्तर्गत करिब ५०० जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको सँस्थाको अध्यक्ष अन्जु झाले बताईन । राहत वितरण कार्यक्रम अन्तर्गत माण्डवीले आज परोहा नगरपालिकाको १ नं. वडाका ३१ जना घरपरिवारबाट वितरण गर्ने कार्य शुरु गरेको छ । शील लहर राहत कार्यक्रम अन्तर्गत २ चरणमा राहत वितरण हुनेछ । पहिलो चरणमा करिव रु.८०००।०० बराबरको न्यानो कपडा तथा दोस्रो चरणमा रु.६५००।०० बराबरको खाधान सामाग्रीहरु वितरण हुने माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।

राहत सामाग्रीहरुमा ज्याकेट, उनीका सुईटर, उनीका मोजा, थर्मश( तातो पानी राख्ने,१ लिटर) , सिरक(फोम) २ केजी, सिरक(कपास) ६ देखि १० केजी, पि फम ( ६.५ फिट लम्वाई), त्रिपाल १२/१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा(थर्मोकोट सेट), बाक्लो ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा(जम्पर), ऊनको पन्जा, चप्पलहरु CVA कार्डका माध्यमबाट लाभग्राहीहरुको छनोट अधारमा वितरण गरियो माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठाले जानकारी गराउनु भयो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*