काठमाडौं । आम जनता पार्टी (आजपा) को आह्वानमा भएको मधेस बन्दका क्रममा पकाउ परेका नेता-कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ ।
काठमाडौं, रौतहट र बिरगंजमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।
काठमाडौंमा आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले सम्मान गरेका छन् । यस्तै रौतहटमा पार्टी जिल्ला कमिटीले र बिरगंजमा पार्टीले सम्मान गरेको छ ।

बैंकिंग लुटको विरुद्ध आजपाले घोषणा गरेको बिहिवारको मधेश बन्दको क्रममा प्रहरीले उनीहरुलाई पक्राऊ गरेको थियो ।
आजपा उपाध्यक्ष एंव सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिब अरुण घिसिंग, सचिव समिना हुसैन, रौतहट इन्चार्य त्रिभुवन साह, आम मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबू मंसूर, बिधार्थी मोर्चाका इन्चार्ज सरोज बछाड, महिला मोर्चाका अध्यक्ष कुमारी बबिता, इन्चार्ज सिमल साह, सांस्कृतिक मोर्चाका इन्चार्ज बिजय यादव, जनजाति मोर्चाको अध्यक्ष पासांग तमांग, केन्द्रीय सदस्य राजेश साह, बिजय साह तथा आईटी आर्मीको उपाध्यक्ष निवेश यादव, रामशरण यादव, दिपलाल यादव, आमिंद्र, रामसागर लगायतका सयौं नेता-कर्याकर्तालाई सम्मान गरिएको हो ।
आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघ (बिहिबार) मधेस बन्द गरेको थियो । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले गरेको थियो ।
Sthaniya News
