Breaking News
बौधिमाईमा पालिका स्तरीय दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण सम्पन्न ।

बौधिमाईमा पालिका स्तरीय दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण सम्पन्न ।

आरएन पटेल, फाल्गुन ०८ गते ।
बौधिमाईमा पालिका स्तरीय दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पालिका स्तरीय खोप समन्वय समिति, संचार माध्यम र सरोकारवालाहरूको रोहबरमा दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण तथा योजना गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।


बौधिमाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा उक्त दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण तथा योजना गोष्ठी कार्यक्रम आयोजन गरिएको थिए । यही फागुन १३ गते देखी १७ गते सम्म नगरपालिकाको वडा नं.-१ देखि वडा नं. ९ सम्मका सम्पूर्ण विद्यालय, समुदाय र स्वास्थ्य संस्थामा उक्त कार्यक्रम संचालन हुने बताइएको छ ।
नगर क्षेत्र भित्रका ९ महिना देखि १५ वर्ष सम्मका सम्पूर्ण बालबालिकाहरु तथा खोप लिएका वा नलिएका सबैलाई अनिवार्य रुपमा यी खोप लगाउनु पर्ने बताइएको छ । दादुरा रूबेला रोग विरुद्धको यो खोप अति सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्यकर्मिहरुको भनाई रहेको छ ।
नगर प्रमुख प्रदीप कुमार यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्य बारे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रमोद राय यादवले प्रष्ट परेका थिए । कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ( स्वास्थ्य संयोजक ) तारकेश्वर प्रसाद पटेल तथा स्वास्थ्य सह संयोजक राकेश प्रसाद यादवले सहजिकरण गरेका थिए ।

स्वास्थ्य कार्यालयका अनुसार सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ सरकारले आगामी फागुन दोस्रो सातादेखि देशैभरि सो रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएसँगै पालिकाले पनि क्षेत्र भित्रका सम्पूर्ण विद्यालय, समुदाय र स्वास्थ्य संस्थामा उक्त खोप लगाउने तयारी गरिरहेको सह संयोजक यादवले बताए ।


स्वास्थ्य संयोजक पटेलले बौधिमाई नगरका सम्पूर्ण बालबालिकाहरुले उक्त खोप लिएमा दादुरा–रुबेला विरुद्ध लड्न सहयोग पुग्ने बताए। दादुरा–रुबेला लागेका एक व्यक्तिले १८ जनालाई संक्रमण गर्न सक्ने, गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चाको जन्म हुने, गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्ग देखा पर्ने समस्या देखिन सक्ने उनले बताए ।


उक्त रोग एक व्यक्तिबाट अर्काेमा खोक्दा तथा हाच्छ्युँ गर्दा निस्कने छिटाबाट एक व्यक्तिबाट अर्कोमा हावाको माध्यमबाट पनि सर्ने र उक्त रोगबाट सामान्यतयाः १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्ने आंकलन गरिएको छ।


कार्यक्रमको प्रमुख अतिथि नगर उप प्रमुख प्रमिला जयसवाल लगायत जन‌प्रतिनिधि, सुरक्षाकर्मी, शाखा प्रमुख, पत्रकार, समाजसेवी, शिक्षक प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*