Breaking News
११औँ महिला साइकल दौड प्रतियोगिता गौरमा चञ्चला कुमारी प्रथम ।

११औँ महिला साइकल दौड प्रतियोगिता गौरमा चञ्चला कुमारी प्रथम ।

रौतहट, फाल्गुन ०८ गते ।
जिल्लाको सदरमुकाम गौरमा ७४औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित ११औँ जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा चञ्चला कुमारी प्रथम भएकी छन् ।


फाइनल दौडमा सहभागी भएका २० जना प्रतियोगीमध्ये गौर नगरपालिका– ५ निवासी चञ्चला कुमारी कुश्वाहा प्रथम भएकी हुन् ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको प्रतियोगितामा राजदेवी नगरपालिका– ७ निवासी रानीकुमारी यादव दोस्रो तथा गौर नगरपालिका–४ निवासी बबिताकुमारीले तेस्रो स्थान हासिल गरेकी छिन।
राजदेवी मिडिया सेन्टर रौतहटद्वारा आयोजित महिला साइकल दौड प्रतियोगिताका प्रथम विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो स्थान प्राप्त गरेकालाई २० हजार नगद पुरस्कार दिइएको हो ।
१४० जनामा छनोट भएर फाइनलमा सहभागी भएका २० जनालाई पुरस्कार स्वरुप एक–एक थान साइकल दिइएको आयोजकले जनाएको हो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*