आरएन पटेल ।
रौतहट, भाद्र २६ गते ।
वृन्दावन नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि नगर प्रमुखले सक्रियता देखाएको छ । निर्वाचनका बेला मतदाताबीच शिक्षामा आमुल परिवर्तन गर्ने प्रतिबद्धता गरेबमोजिम मेयर विनोद प्रसाद कुर्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको हो ।

नगरभित्रका विद्यालयहरुमा विभिन्न बेथिति रहेको गुनासो आए पश्चात मेयर कुर्मीले निरन्तर रुपले सामुदायिक विद्यालयको अनुगमनमा रहनुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरीय र विश्वसनीय बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै मेयर कुर्मी र प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर भुजेल सहितको टोलीले आज देखि वृन्दावनका विभिन्न सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन गर्न सुरु गरेको हो ।

बुधबार मेयर कुर्मीले नमुना माध्यमिक विधालय बरगजवा,शुर्य प्रा. वि.बहुअरी,गुदर नइम प्रा.वि.भुषहा,सतार प्रा.वि.भुषहा,दलित प्रा.वि.कमलपटी,जनता प्रा.वि.संखुअवा,रुपानेपाली पाल मा.वि. संखुअवा धमौरा र आधारभूत विधालय नरकटियामा समेत पुगेर छड्के अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा विद्यार्थी हाजिरी पुस्तिकामा नाम रहेको विधार्थी
हरुमध्ये अधिकांश अनुपस्थित हुने विधार्थीको संख्या बढी रहेको पाईएको थियो।
अनुगमनको क्रममा नगर प्रमुख कुर्मीले नगरभरीको विद्यालयहरुको भौतिक संरचनाको अवस्था,शैक्षिक गुणस्तर,विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्थालगायतका विषयमा जानकारी लिए । विद्यालय स्तरदेखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिएमात्रै गुणस्तरीय जनशक्ति उत्पादन हुने उनले बताए ।
त्यसैगरी प्रमुख प्रसाशकिय अधिकृत भुजेलले पनि सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि नगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए ।उनले विधालयमा अनुपस्थित रहेको विधार्थीहरुको अभिभावकहरुलाई बोलाइ,विधालयमा विधार्थी न आउनुको कारण पता लगाई पठनपाठनमा शख्त कडाइका साथ लाग्न निर्देशन दिएका हुन्।अनुगमनसँगै हाकिम भुजेलले शिक्षक तथा विद्यार्थीहरु सित अन्तरक्रिया समेत गर्नुभएको थियो।
Sthaniya News
