Breaking News
ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलका पूर्व विद्यार्थीहरुलाई सम्मान तथा छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न ।

ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलका पूर्व विद्यार्थीहरुलाई सम्मान तथा छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न ।

आरएन पटेल ।
कार्तिक १९ गते ।
ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलले आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । बौधिमाई नगरपालिकाको वडा नं. २ इनर्वामा बिगत २१ वर्ष देखी सञ्चालित श्री ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलले यसै स्कुलबाट अध्ययन गरि सफलता प्राप्त गरेका आफ्ना पूर्व विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेका छन ।

हिंदुहरुको महान पर्व शुभ दीपावली एवं लोक आस्थाको पर्व छठको शुखद उपलक्ष्यमा स्कूलले आफ्नो परिसरमा एक कार्यक्रमको आयोजन गरि शुभकामना आदान प्रदान तथा पूर्व विद्यार्थीहरुलाई सम्मान कार्यको सँगै विभिन्न प्रतियोगिता जस्ता कार्यक्रमहरु सम्पन्न गरेका छन ।

बिक्रम सम्बत २०६० साल देखि शिक्षा क्षेत्रमा निरंतर सेवा गर्दै आइरहेका यस स्कुलबाट हालसम्म शिक्षा प्राप्त गरि उच्च अध्ययनका लागि निस्केका तथा विभिन्न निकायहरुमा जागीर गरिरहेका आफ्ना सम्पूर्ण पूर्व सफल विद्यार्थीहरुलाई स्कुलका प्रिसिंपल जयराम गुप्ताले एक कार्यक्रमको आयोजन गरि सम्मान गरेका हुन ।

सम्मान हुने पूर्व विद्यार्थीहरुमा इंजीनियरिंग गरेर हाल शिक्षण पेशामा रहेका बौधिमाई- २ इनर्वा निवासी अनिल कुमार कुशवाहा, बैंकिंग क्षेत्रमा हाल महोत्तरी जिल्लामा कार्यरत नितेश कुमार साह, मेडिकल क्षेत्र काठमाण्डौमा हाल MBBS अध्ययनरत रमेश कुमार गुप्ता, चिकित्सकको रुपमा कार्यरत्त अरुण कुमार पटेल, सरफलाल कुमार महतो, कृषि प्राविधिक मुकेश कुमार पटेल लगायत दर्जनौ विद्यार्थीहरु रहेको विद्यालयका प्रिंसिपल जयराम गुप्ताले बताएका छन ।

“शिक्षाले नै समुदायको समग्र बिकास हुने” अवधारणाको अवलम्बन गराउदै आफ्नो विद्यालयमा शिक्षा हासिल गरेका धेरै विद्यार्थीहरुले शिक्षा क्षेत्रमा सफलता प्राप्त गरि बैंकिग, इंजीनियरिंग लगायत MBBS सम्मको विभिन्न निकायहरुमा जागिर गर्दै आइरहेका आफ्ना पूर्व विद्यार्थीहरुले आफ्नो स्कूलको स्वाभिमान बढाउन सहयोग गरेकोमा विद्यालयका प्रिंसिपल गुप्ताले उक्त विद्यार्थीहरुलाई सम्मान गरेका हुन । साथै बितेका दिनहरुमा यस विद्यालयले जिल्ला स्तरीय, प्रदेश स्तरीय लगायत विभिन्न प्रतियोगियात्मक कार्यक्रममा सहभागिता जनाउदै सफलता प्राप्त गरेको सबैमा सर्वबिदिदै छ । साथै आउदो दिनहरुमा पनि यस विद्यालयले शिक्षा प्रति उच्च सकारात्मक सोच राख्दै निरंतर अगाडी बढेर आफ्ना विद्यालयमा अध्ययनरत बालाबालिकाहरुको उज्ज्वल भविष्यको लागि हरदम तत्पर रही मिहिनेत साथ अगाडी बढाउन प्रतिवद्ध रहेको प्रिंसिपल गुप्ताले बताए । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरु, पूर्व विद्यार्थीहरु लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*