Breaking News
वडा अध्यक्ष संजय यादवद्वारा छठ व्रतालु महिलाहरुलाई साडी वितरण ।

वडा अध्यक्ष संजय यादवद्वारा छठ व्रतालु महिलाहरुलाई साडी वितरण ।

कार्तिक १९ गते
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका वडा नं २ सितलपुर बैरगनियामा छठ पूजा गर्ने करिब एक हजार व्रतालुलाई वडा अध्यक्ष संजय यादवले साडी वितरण गरेका छन् । सितलपुर र बैरगनियाका व्रतालुलाई करिब रु नौ लाख बराबरको साडी बाँडेका छन् ।
गरीब असाहय व्यक्तिको आयस्तर कमजोर भएको र बढ्दो महङ्गाइँले व्रतालुलाई छठ पर्व मनाउन समस्या भएको भन्दै उनले थोरै भए पनि राहत प्रदान गर्ने उद्देश्यले गरिब तथा दलित व्रतालुलाई साडी वितरण गरिएको वडा अध्यक्ष संजय यादवले बताए । यो वडालाई रोल मोडलमा विकास गर्ने यादवले बताए हामी निर्वाचन भए पश्चात आम जनताको बलमा यहांका शिक्षा, स्वास्थ्य, बाटो घाटो, किसानका सहजका लागि पोल तार लगायका काम गरेको छु वडा अध्यक्षको भनाई छ।भर्खरै केही दिन अगाडी मात्र वडालाई झिलिमिली बनाउन उद्देश्यले बति जडान गरेका थिए

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*