आरएन पटेल ।
कार्तिक १९ गते ।
रौतहटमै ठूलो उद्योगको रूपमा सञ्चालित कटहरिया नगरपालिका–९ डुमरियामा रहेको श्री बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इन्डस्ट्रिजको डोंगा पूजा सम्पन्न भएको छ । सोमबार विधिवत रुपमा मिलको डोंगा पूजा गरिए सँगै चिनिमिल सञ्चालनमा आएको हो । उखु क्रसिङ गर्नु अघि खरिद गरिएको उखु राख्ने ठाउँ अर्थात डोंगालाई हिन्दू परम्परा अनुसार मन्त्रोच्चारण सहित मिलका निर्देशक अभय प्रकाश जैसवालले पूजा गरि मिल सञ्चालनमा ल्याएका हुन ।
पूर्ण बिधि विधान अनुसार डोंगालाई पुजा गरेर मिल सञ्चालन गरेमा वर्षभरि बिना बाधा राम्ररी सञ्चालन हुने धार्मिक मान्यता रहेको पाइन्छ । मिल सञ्चालनको क्रममा सोमबार सबैभन्दा पहिले मिलमा उखु ल्याएका गढिमाइ नगरपालिका – ३ का एकजना किसान हरि श्याम बैठा लाई निर्देशक अभय प्रकाश जैसवालले सम्मान सहित टीका माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । गत वर्ष मात्र साढ़े १२ लाख क्विंटल उखु क्रासिंग गर्न सकेका बाबा बैजुनाथ चिनिमिलले यस वर्ष २० लाख क्वीन्टलभन्दा बढी उखु क्रसिङ गर्ने लक्ष्य सहित सञ्चालन गरिएको चिनिमिलका सञ्चालक बैजु बाबराले बताएका छन ।

गत वर्ष २०८०/०८१ मा क्रसिङ भएको उखु बापतको किसानलाई सम्पूर्ण भुक्तानी भइसकेको उनले बताएका छन् । उखु किसानहरुलाई नेपाल सरकारले दिँदै आएको अनुदानको रकम समेत आफुले भुक्तानी गरिसकेको अध्यक्ष बाबराले जानकारी दिएका छन्।
साथै यस सिजनमा उखु खेती गर्ने किसानहरुलाई सुविधा स्वरूप मिलले मलखाद, बीउ सहित उखु खेतीमा लाग्ने सम्पूर्ण खर्च ऋणको रुपमा उपलब्ध गराउने योजना रहेको उनले बताए । मिलले नियमित भुक्तानी दिन थाले पछि समयमा उँखुको भुक्तानी नपाएर विगतमा उखु खेती गर्न छोडिसकेका दर्जनौँ किसानहरू पुनः उखु खेती गर्न थालेको उनले बताए। यस सिजनमा पनि मिलमा चलान हुने उँखुको निर्धारित समयभित्र भुक्तानी तालिका अनुसार भुक्तानी दिने योजना अनुसार मिल सञ्चालन गरिएको संचालक बाबराले प्रतिबद्धता जनाएका छन ।

सीजन भन्दा अगावै डोंगा पुजा भई मिल सञ्चालनमा आय संगै किसानहरू हर्षित भई उखु खेती प्रति चासो बढाएका उखु महाप्रबंधक सियाराम साहले बताएका छन । मिलले गरेको यस्तो सराहनीय कार्य प्रति उखु किसानहरुले मिल सञ्चालक सहित मिलका कर्मचारीहरू तथा सम्पूर्ण मिल परिवारलाई धन्यवाद ज्ञापन गरेका छन ।
Sthaniya News
