Breaking News
फतुवा बिजयपुर नपा ११ मा हात्तीकाे आतंक स्थानीयहरुलाई सास्ती ।

फतुवा बिजयपुर नपा ११ मा हात्तीकाे आतंक स्थानीयहरुलाई सास्ती ।

रूपेश यादव।
राैतहट १२ पाैष ।
फतुवा बिजयपुर नगरपालिकाकाे वडा नम्बर ११ जङ्गलसँग जोडिएको बस्तीमा जंगली हात्तीले आतंक मच्चाउन थालेको छ।  साेहि  वडा बुटवा गाउँ बस्ने पातलि माता घिसिङ को एक महिना अगाडी हात्तिको आक्रमण ले मृत्यु समेत भइसकेका छन । तै पनि सम्बन्धित निकायले  कानमा तेल हालेर बसेका छन। राति फतुवा बिजयपुर नगरपालिका वडा नं ११  मा २ वटा घरमा क्षति पुगेको थियो।  यस्तै फेरि राति  थप २ वटा घरकाे  संरचनामा पनि हात्तीले क्षति पुर्‍याएको छ।

जङ्गलसँग जोडिएको वडा नम्बर  ११ को  बुटवा टाेल क्षेत्रका बासिन्दा हात्तीको त्रासले रातभरी सुत्न सकेका छैनन्। एक सातादेखि जंगली हात्ती आएर बस्तीमा पस्न थालेको कारण राती घरमा सुत्न बाध्यता रहेकाे छ।  साेही ठाउँका स्थानीय  तथा जसपाका युवा नेता  बिजय चाैधरीका अनुसार   बिहीबार राति  साँझ करिब १२ बजेतिर  आएका थिए। त्यसपछि रातभरि त्रासको कारण सुत्न नसकिएको उनले बताए। हात्तीले उक्त टोलमा आज रातिकाे १२:३० बजेकाे समयमा फतुवा विजयपुर नगरपालिका वडा नं ११ बुटवा  घर भएका  उदयपुर चौधरी, मिलन लायो मगर ,हरिशण मैनालि , लगायत दर्जनौंकाे घरमा हात्तिले क्षति पुर्याएको छ  साथ साथै खेतीपातीमा पनि छति पुर्‍याएका छन जस्तैः मकै , उखु  लगाएतका बालिनालिमा थप छत्ति पुर्‍याईएकाे हाे।

बिगत २ महिना देखि लगातार हाति आतङ्क ले यस ठाउँ का जनजिवन प्रभावित बनेको हाे । उनीहरुले सुरक्षाको प्रबन्धन गर्न सरकारका निकायहरूले चासो नदिएको भन्दै गुनासो पोखेका छन। त्रासले बालबच्चा लिएर राती घर छोडेर हिँड्नुपरेको भन्दै नेत चाैधरीले  आक्रोश पोखिन्। यस तर्फ सम्बन्धित निकायकाे ध्यानाकर्षण हुनुपर्ने जरुरी रहेको बताए । यस बिषयमा डिभिजन बन कार्यालय राैतहटका प्रमुख संग साेध्दा यहा बाट  बन अधिकृत राजकुमार चाैधरीकाे टाेलीले स्थलगत अनुगमन गर्न गईरहेकाे बताए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*