Breaking News
बौधिमाईका शिक्षाविद् साह द्वारा सामाजिक सञ्जालमा भ्रामक पोस्ट शेयर ।

बौधिमाईका शिक्षाविद् साह द्वारा सामाजिक सञ्जालमा भ्रामक पोस्ट शेयर ।

आरएन पटेल ।
रौतहट,पौष ११ गते ।
बौधिमाईका शिक्षाविद्व साह द्वारा सामाजिक सञ्जालमा भ्रामक पोस्ट शेयर गरिएको छ। नगरपालिकाको नगर शिक्षा समितिको शिक्षाविद् पदमा नियुक्त रहेका नगर शिक्षाविद् बालदेव प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा एक जनाले मेयर लखेटदै को विडियो अपलोड गरेकोमा शिक्षाविद् साहले उक्त विडियोलाई शेयर गरेका हुन ।
नगर प्रमुख प्रदीप यादवले आफ्नो कार्यकाल सुरु भएको बेला नै हायर गरेर बौधिमाई नगरपालिकाको नगर शिक्षा समितिको शिक्षाविद् पदमा साहलाई नियुक्त गरेका थिए। शिक्षाविद्ले शिक्षाको महत्व नबुझे पालिकाको अवस्था कस्तो हुने बारे नगरबासीहरु चिन्तित देखिएका छन।



पालिकाको शिक्षाविद् जस्तो गरिमामय पदमा बसेर पनि नगर प्रमुखको बारेमा सामाजिक सञ्जालमा मेयरलाई लखेटदै भनेर आएको त्यस्तो घटनाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गर्नु कतिको जायज रहेको नगरबासीहरुले मूल्यांकन गरिरहेको छ ।

साह शिक्षाविद् भएदेखी नगरपालिकामा शिक्षाको अवस्था अस्त व्यस्त बन्दै गएको अभिभावकहरुले आरोप लगाएका छन । बिना काम शिक्षक सरुवा, प्र.अ. सरुवा तथा प्र.अ. घटुवा जस्ता घटनाले पालिकाको शिक्षामा खलल पुगी पालिकामा शिक्षाको अवस्था धरातलमा पुगेको अभिभावकहरुले उनीमाथि आरोप लगाएका छन ।

पालिकाको १६ ओटै विद्यालयहरुमा शिक्षक दरबन्दी अपूग हुदा पनि थप दरबन्दी कायम गराउनुको सट्टा शिक्षाविद्व साहको सल्लाहमा मेयर यादवले शिक्षक तथा प्र.अ. सरुवा गरेर आफ्नो मनोमानी गर्दै सिंगो पालिकाको नै शिक्षाको अवस्था धरातलमा पारेको स्थानियहरुको ठम्याई रहेको छ । त्यति मात्र नभएर अपूग शिक्षक संख्या रहेको विद्यालयबाट शिक्षक दरबन्दी काटेर शिक्षकलाई अन्यत्र पठाई घटेको दरबन्दीमा तथा अपूग शिक्षक संख्या भएको विद्यालयमा हालसम्म पनि शिक्षक नपठाएकोले त्यस्ता विद्यालयमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परिरहेको नाम नबताउने सर्तमा एक जना प्रधानाध्यापकले बताएका छन ।
शिक्षाविद् साहको सल्लाह अनुसार मेयर यादवले नगर भरिको सामुदायिक विद्यालयहरुमा कक्षा १ देखी ५ सम्म एकै चोटी अंग्रेजी मिडियम लागू गरेर विद्यालयहरुलाई थप धाराशाही बनाएको स्थानियहरुले बताएका छन । नेपाली माध्यममा मात्र विद्यालय सञ्चालन गर्न धौ धौ परिरहेको अवस्थामा शिक्षक संख्या नपुग्दा विद्यार्थीहरुको अध्ययन अध्यापनमा कठिनाई भइरहेको विद्यार्थीहरुले बताए । कक्षामा आठ वटा किताब भए पनि वर्ष भरिमा पाँच वटा पनि अपूग शिक्षकका कारण सकाउन नसकेको विद्यार्थीहरुको भनाई रहेको छ । सामाजिक सञ्जालमा गरिएको पोस्टको शेयरको विषयमा पालिकाको शिक्षाविद् साह संग सोध्दा “आफुले सामाजिक सञ्जालमा देखिएका राम्रा कुराहरु शेयर गरेर समाजका सबै व्यक्तिहरु सामु पुर्याउन कहिले काही शेयर गर्दै गरेको त्यसै क्रममा त्यो पोस्ट पनि शेयर भइसकेको वहाले बताउनुभयो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*