Breaking News
स्वास्थ्य संयाेजक रमेश यादवकाे सराहनीय कार्य, १० लाख बराबरकाे औषधी उपलब्ध गराउन सफल ।

स्वास्थ्य संयाेजक रमेश यादवकाे सराहनीय कार्य, १० लाख बराबरकाे औषधी उपलब्ध गराउन सफल ।

रूपेश यादव ।

राैतहट, ११ पाैष ।

स्वास्थ्य संयाेजक रमेश यादवले पहल गरेर १० लाख बराबरकाे औषधी उपलब्ध गराउन सफल भएका छन। फतुवा बिजयपुर नगरपालिकामा मधेश प्रदेश सरकार बाट  १० लाख बराबरकाे औषधी उपलब्ध भएको छ।

बिगतका दिनहरुमा यस नगरपालिकामा औषधीकाे अभावमा स्वास्थ्य संस्थाहरु संचालन हुदै आएको थियोे।

साेेही समस्यलाई मध्य नजर गर्दै यस नगरपालिकाका स्वास्थ्य संयाेजक रमेश प्रसाद यादवले पहलदारी गरेर मधेश प्रदेश सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था महाशाखा  जनकपुरधाम धनुषाबाट उक्त आैषधी उपलब्ध गराउन सफल भएका हुन।

पहिला देखि स्वास्थ्य शाखा प्रमुखकाे जिम्मेवारी सम्हालदै आएकाहरुले खासै त्यति सक्रिय नभई आफ्नो काम कर्तव्य तर्फ लागेका थियो ।

स्वास्थय शाखामा बिगतका दिन देखि यस्ता  दुई चाेटि भन्दा बढि आैषधी उपलब्ध गराएका हुन।

स्वास्थ्य शाखाकाे जिम्मेवारी पाए देखि स्वास्थ्य संयाेजक यादवले आफ्नो काम कर्तव्य ईमानदारी पुर्वक निर्वाह गरिरहेका सेवाग्राहीहरुले बताए।

नगर भित्रका आर्थिक स्थिति कमजोर भएका ब्यक्तिहरु  सरकारी आैषधीकाे भरमा बाच्ने गर्दछ।

यस्ता कार्य गरेको संगसंगै  स्वास्थ्य संयाेजक यादवकाे बारेमा  अहिले पालिका भित्र चर्चा नै चर्चा भईरहेकाे छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*