आरएन पटेल ।
रौतहट,पौष १५ गते ।
ध्यरौतहटको गरुडामा विद्यार्थीहरुको विरोध रैली कार्यक्रम सम्पन्न भएको छ। गरुडा नगरपालिकाको नगर प्रहरीले विद्यार्थी कुटेको आरोपमा “विद्यार्थी कुटन पाइदैन, नगर प्रहरीलाई कार्यवाही गर, नगरपालिकाले लिखित रुपमा माफी माँग र बालबालिका माथिको शोषण सहदैनौ” भन्ने मूल नाराका साथ गरुडामा विद्यार्थीहरुको विरोध रैली तथा प्रदर्शन सम्पन्न भएको छ।

गत ११ गते बिहीबारका दिन शिक्षक सरूवाको विषयमा भएको आन्दोलनमा नगरपालिकाको नगर प्रहरीले विद्यार्थीहरुमाथि एकाएक लाठीचार्ज गरेको विरोधमा आज गरुडामा विद्यार्थीहरुद्वारा विरोध रैली तथा विरोध प्रदर्शन गरिएको हो। गरुड़ाका मेयर प्रत्याशी दिपक यादवको नेतृत्वमा श्रीराम सुगर मिल्स गेटबाट सुरु भएको विरोध रैली नगर परिक्रमा गर्दै मेनरोड स्थित राष्ट्रिय बाणिज्य बैंक नजिक कोण सभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै मेयर प्रत्याशी दीपक यादवले गत बिहीबारको दिन विद्यार्थीहरू माथि नगर प्रहरीद्वारा भएको अमानवीय आक्रमण प्रति नगरपालिकाको नगर प्रहरीलाई कार्यवाही गर्नुपर्ने, पालिकाले लिखित रुपमा माफी माग्नुपर्ने बताए। मेयर कन्थमनी प्रसाद जैसवालको इशारामा नगर प्रहरीले एकाएक लाठीचार्ज गरेको तथा नाबालिक विद्यार्थीहरुको कुरा सुन्नुको सट्टा कुटपिट गराउनु निन्दनीय कार्य रहेको उहाँले बताए। विद्यार्थीहरू माथि नगर प्रहरीद्वारा अमानवीय आक्रमणको प्रतिकारमा आज शान्तिपूर्ण विरोध रैली निकालिएको तथा आफु मेयर प्रत्याशीको हैसियतले नगर भरिका पीडित जो-कोही लाई पनि सहयोग गर्न हरदम तैयार रहेको बताए ।

एक जना विद्यार्थीको भनाई अनुसार – शिक्षक सरुवा बिषय ठुलो कुरा होइन तर दक्ष अनुभवी शिक्षकलाई सरुवा गर्दा विद्यार्थीहरुको पठनपाठनमा अवरोध पुग्दा मेयर जैसवालले राजनीति प्रतिशोधका कारण शिक्षक सरुवा गरेको विद्यार्थीहरुले आरोप लगाएका छन । मेयर जैसवालले आफ्नो मनोमानी तरिकाले शिक्षक सरुवा गरेकोमा विद्यार्थीहरुद्वारा बारम्बार चेतावनी दिदा पनि कुनै वास्ता नगरि निरन्तर अध्ययन अध्यापन गराउने शिक्षाकलाई सरूवा गरि अन्यत्र पठाउने कार्यले विद्यालयको पठन पाठन समेत धाराशाही भएको उनीहरुले आरोप लगाएका छन।

Sthaniya News
