आरएन पटेल।
रौतहट,माघ १५ गते।
ईप्रका राजपुरमा वरिष्ठ सई कुर्मीद्वारा ब्यालेन्केट वितरण गरिएको छ। जिल्लाको राजपुर नगरपालिका अन्तर्गतका ईलाका प्रहरी कार्यलय राजपुरको प्रहरी बरिष्ठ नायब निरिक्षक अशोक कुमार कुर्मीको अध्यक्षतामा ब्यालेन्केट वितरण गरिएको हो।
नगरपलिकाको वडा नं. १ देखि ८ सम्मका जेष्ठ नागरिक, गर्भवती महिला, अपाङगता भएका व्यक्ति, अति विपन्न परिवार, गरिब तथा असहाय व्यक्तिहरुलाई शितलहरबाट बच्नको लागि उक्त सामग्री वितरण गरिएको वरिष्ठ सई कुर्मीले बताएका छन।
जिल्ला विपद् व्यवस्थापन समिति रौतहटको निर्णयानुसार प्राप्त भएको ५० थान कम्बल (ब्यालेन्केट) ईलाका प्रहरी कार्यालय राजपुरको वडा एरिया भित्र परेका वडा नं. १ देखी ८ सम्मका सम्पूर्ण लक्षित समुहका व्यक्तिहरुलाई वितरण गरिएको बताईएको छ।