Breaking News
रौतहट प्रहरीद्वारा भन्सार छलीकोे हार्डवेयर सामग्री सहित मोटरसाईकल बरामद।

रौतहट प्रहरीद्वारा भन्सार छलीकोे हार्डवेयर सामग्री सहित मोटरसाईकल बरामद।

आरएन पटेल,रौतहट।
माघ १६ गते २०८१ ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेकोे समानहरु सहित मोटरसाईकल बरामद गरिएको छ ।

सोमवारको दिन दिउँसोकाे समयमा जिल्ला प्रहरी कार्यालय रौतहट कार्यालय मातहत प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नम्बर ७ अरुवाखोला स्थित पुग्दा बा. ९० प. ४८ नम्बरको मोटरसाईकलमा हार्डवेयरको सामानहरु लोड गरी ल्याउँदै गरेको अन्दाजि मुल्य रु. २ लाख २२ हजार रुपैया बराबरको हार्डवेयरको सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताएका हुन् ।


सो सामानहरु अंन्दाजि मुल्य रु.७५ हजार बरावरको मोटरसाईकल १ थान गरि जम्मा अन्दाजि मुल्य रु. २ लाख ९७ हजार रुपैया बराबरको हार्डवेयरको सामानहरु र मोटरसाईकल थान १ समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*