Breaking News
फतुवा विजयपुर-७ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी गठन।

फतुवा विजयपुर-७ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी गठन।

आरएन पटेल,माघ १८ गते।
फतुवा विजयपुर नपा-७ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको उत्तरी भेग पर्ने फतुवा विजयपुर नगरपालिकाको वडा नं. ७ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन गरिएको हो।


पालिकाको नगर कमिटि संयोजक जयमङगल यादवको अध्यक्षतामा शुक्रबार पालिकाको वडा नं ७ मा वडा कमिटिको विस्तारित बैठक सम्पन्न गरेको हो। जसपा नेपालको यस फतुवा विजयपुर नपा ७ मा भएको वडा कमिटी गठन कार्यमा राम कैलाश ठाकुरको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटि गठन गरिएको प्रदेश कमिटी सदस्य बिजय चौधरीले जानकारी गराएका हुन।

कार्यक्रमको प्रमुख वक्ता जसपा नेपालको केन्द्रिय सदस्य विन्देश्वर राय यादवले नव गठित जसपा नेपालको फतुवा विजयपुर नपा-७ को सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।
कार्यक्रमा जिल्ला उपाध्यक्ष अमृतलाल चौधरी, युवा नेता उमेश चौधरी, वडा सदस्य कैलाश ठाकुर, राम अशिष शाह,जिरनि देबि राम लगायत वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*