स्थानीय न्यूज।
माघ १९ गते ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्यमा बृद्धि भएको छ ।
शुक्रवार मध्यरातीबाट लागू हुने गरि पेट्रोलको मूल्यमा लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिक तर्फको हवाई इन्धनको प्रति लिटरको छ रुपैयाँले बढ़ाएको हो ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको १५९ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १६० रूपैयाँ पर्नेछ ।
यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ ।