आरएन पटेल
राैतहट,फागुन २८ गते ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका मधेस प्रदेश सदस्य एवम् गरूडा नगरपालिकाका मेयर प्रत्यासी बृजकिशोर यादवले होलीलाई हरेकले आफ्नो तर्फबाट विकृतिरहित बनाउने हो भने संस्कृतिको सम्मान हुने बताएका छन् ।
आफनाे निजि निवास गरूडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरमा आज आयाेजित हाेली मिलन समारोह कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । हाेली पर्व सद्भाव र एकताकाे पर्वकाे रूपमा रहेकोले यसलाई आत्मसात् गरि हाेली पर्व मनाउन उनकाे आग्रह थियोे ।
नेकपा एस गरूडा नगर कमिटीकाे आयाेजनामा भएको हाेली मिलन समारोह हरेक वर्ष यसैगरी मनाउँदै आईएकाे छ । हाेली मिलन समाराेहमा डम्फ,झाल झिल सहित हाेलवईयाहरूले परम्परागत हाेलीकाे राग गाएर सबैलाई मन्त्रमुग्द गरेका थिए ।
साे हाेलि मिलन समारोहमा सहभागीहरूले एक अर्कालाई रंग,अबिर दलेर हाेलीकाे शुभकामना आदानप्रदान गरेका थिए । साथै मधेसकाे गम्छा सम्मान पनि गरिएको थियो । सबै अतिथिहरूलाई गम्छा ओढाएर सम्मान पनि गरिएकाे थियोे ।
साे अवसरमा नेकपा एसका मधेस प्रदेश कमिटी सदस्य रामभराेस यादव,रामप्रसाद यादव,हेमाकान्त यादव सहित नेता एसका नेता कार्यकर्ता,गरूडा र नगरवासी सहित सयौं मानिसहरूकाे सहभागीता रहेको थियाे ।