स्थानीय न्यूज
बारा।
चैत्र०६ गते।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिम्रौनगढद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ६ मा अवस्थित यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. को शाखामा भएको कार्यक्रममा विभिन्न तहका १ सय ६६ जना सहभागी भई कार्यक्रम सम्पन्न गरेका छन। १ सय ५५ जना केन्द्र सदस्य तथा अभिभावक, शाखाका कर्मचारीहरू, वडा अध्यक्ष, प्रहरी प्रमुख तथा अन्य विशिष्ट अतिथि सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. शाखाको वित्तीय साक्षरता कार्यक्रमको मुख्य एजेण्डा – संस्थाको सेवा-सुविधा सम्बन्धी जानकारी बारे प्रदेश प्रमुख नेत्रप्रसाद गौतमले संस्थाले प्रदान गर्ने वित्तीय सेवाहरू बारे विस्तृत जानकारी गराउनु भएको थियो। त्यस्तै वित्तीय अनुशासन र बचतको महत्त्वबारे वडा अध्यक्ष नन्दकिशोर प्रसाद जयसवालले राष्ट्र बैंकको नीति अनुसार वित्तीय सेवा सदुपयोग गर्ने, समयमै कर्जा भुक्तानी गर्ने र बचत गर्ने बानी बसाल्नुपर्ने आवश्यकता बारे प्रकाश पार्नुभयो। उपस्थित सदस्यहरूको गुनासो तथा जिज्ञासाहरूलाई सम्बोधन गर्दै केन्द्रीय कार्यालयका मुख्य व्यवसाय अधिकृत यतिराज पौडेलले आफ्नो विचार व्यक्त गरेका थिए।
साथै वित्तीय साक्षरता, ऋणको सही व्यवस्थापन तथा आर्थिक स्थिरता प्राप्त गर्ने उपायहरू पनि कार्यक्रममा प्रस्तुत गरिएको हो।
सञ्चालित कार्यक्रमले वित्तीय अनुशासन प्रवर्द्धन गर्ने महत्वपूर्ण पहल भएको उदृत गर्दै समुदायका सदस्यहरूलाई वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्नु तथा उनीहरूलाई सशक्त बनाउनु संस्थाको दीर्घकालीन लक्ष्य बन्नु पर्नेमा केन्द्रित रहेको वक्ताहरुले बताएका थिए।
कार्यक्रमका प्रमुख सहभागी तथा अतिथि सभापति केन्द्र सदस्य निर्मला देवी, प्रमुख अतिथि वडा अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल, विशिष्ट अतिथि मुख्य व्यवसाय अधिकृत तथा अनुगमन विभाग प्रमुख यतिराज पौडेल, केन्द्रीय कार्यालयका अन्य अतिथि महेन्द्रनगर प्रादेशिक कार्यालयका प्रदेश प्रमुख नेत्रप्रसाद गौतम, सिम्रौनगढका प्रहरी प्रमुख सुन्दर कान्त मिश्रा, सिमराभवानीपुर स्टेशनका अनुगमन अधिकृत महेश प्रसाद निरौला लगायत सिम्रौनगढ शाखाका शाखा प्रमुख मो. अमानुल्लाह सिद्दिकीको उपस्थिति रहेको थियो।