Breaking News
अध्यक्ष यादवको नेतृत्वमा श्रीमावि पथरा बुधराम रूपान्तरणको यात्रामा

अध्यक्ष यादवको नेतृत्वमा श्रीमावि पथरा बुधराम रूपान्तरणको यात्रामा

आरके श्रीवास्तव
रौतहट,१९ गते जेठ ।
रौतहटको मौलापुर नगरपालिका–६ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा पछिल्लो समय उल्लेखनीय प्रगति भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक यादवको नेतृत्वमा विद्यालयले एकपछि अर्को सुधार र विकासका कामहरु सफलतापूर्वक सम्पन्न गर्दै गएको छ ।

विगत तीन वर्षदेखि स्थगित रहेको विद्यालयको नाममा रहेको ८ बिगाहा १५ कठ्ठा क्षेत्रफलको महाकार पोखरीलाई ८७ लाख रुपैयाँमा ५ वर्षको लागि ठेक्का पट्टामा लगाइएको छ, जसले विद्यालयको आन्तरिक आम्दानी सुदृढ पार्ने अपेक्षा गरिएको छ ।
शैक्षिक पक्षमा समेत महत्वपूर्ण सुधार देखिएको छ । नयाँ शैक्षिक सत्रमा सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियान अन्तर्गत ३ सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा पाठ्यपुस्तक वितरण कार्य सफलतापूर्वक सम्पन्न भएको छ । विद्यार्थीको सङ्ख्या बढेसँगै कक्षा ८, ९ र १० मा सेक्सन प्रणाली लागू गरिएको छ, जसले शिक्षण सिकाइलाई प्रभावकारी बनाएको छ ।

नव निर्माण भएको चार कोठे प्रशासनिक भवनको हालै उद्घाटन गरिएको छ र अहिले सञ्चालनमा आएको छ । यसका साथै विद्यालयमा बालमैत्री बालविकास कक्षा स्थापना गरिएको छ भने सबै कक्षा कोठामा सिसीटिभी क्यामेरा जडान गरिएको छ, जसले पठनपाठन वातावरण सुरक्षित र अनुशासित बनाएको छ ।

बिधालयको नाउँमा रहेको पोखरिमा पानीको अभाव नहोस् भनेर डिप ट्युबवेल जडान गरिएको छ, जसले पोखरिमा सधैंभरि पानी बरकरार राख्नमा मद्दत पुर्‍याइरहेको छ ।
विद्यालयको समग्र प्रगतिले स्थानीय बासिन्दा र अभिभावकमाझ उत्साह थपेको छ । अध्यक्ष यादवले आगामी दिनहरूमा अझै बढी शैक्षिक तथा भौतिक सुधार गर्दै विद्यालयलाई जिल्लामै नमूना बनाउने लक्ष्य लिएको बताएका छन् । यसमा प्रधानाध्यापक राजेश सिंहको पनि उतिकै महत्त्वपूर्ण योगदान रहेको छ। साभार:बज्जिकाञ्चल खबर

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*