Breaking News
माधवनारायण नगरपालिकाले ५३ करोडको बजेटसहित १० औं नगरसभा सम्पन्न

माधवनारायण नगरपालिकाले ५३ करोडको बजेटसहित १० औं नगरसभा सम्पन्न

रौतहट,०६ गते असार ।
माधवनारायण नगरपालिकाले आफ्नो १०औं नगरसभा भव्य समारोहका बीच सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरप्रमुख बैजनाथ प्रसाद यादवले नगरसभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्थानीय विकासका लागि समावेशी र समग्र दृष्टिकोणले अघि बढ्ने प्रतिबद्धता जनाए। उनले बजेटमार्फत कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।
उनका अनुसार बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, ससर्त र विशेष अनुदान, प्रदेश सरकारबाट प्राप्त वित्तीय अनुदान, तथा राजस्व बाँडफाँट लगायतका विविध स्रोत समावेश छन् । चालू तथा पुँजीगत खर्चका लागि छुट्याइएको रकमले नगरको पूर्वाधार, सामाजिक सेवा र धार्मिक–पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास नगर प्रमुख यादवले व्यक्त गरेका छन् ।

नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, सबै वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्य, स्थानीय पत्रकार, सुरक्षाकर्मी र अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नगरपालिकाले यस आर्थिक वर्षमा विशेषगरी माधवनारायण क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व उजागर गर्न योजना बनाएको उल्लेख गरिएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*