Breaking News
बैंकिङ्ग कसुर मुद्दामा फरार रौतहटका राधा जैसवाल काठमाडौं सिनामंगलबाट पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा फरार रौतहटका राधा जैसवाल काठमाडौं सिनामंगलबाट पक्राउ

रमेश कुमार यादब
असार १३ गते ।
बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका रौतहटका राधा मोहन प्रसाद जैसवाललाई प्रहरीले काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ । गौशाला प्रहरी वृत्त अन्तर्गतको टोलीले विशेष निगरानी र सूचनाको आधारमा मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको माधवनारायण नगरपालिका–१ निवासी जैसवाललाई बिहीबार दिउँसो बाटोमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
गौशाला प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुकदेव खनालका अनुसार जैसवाललाई बाटो हिँडिरहेका अवस्थामा देखिएको र तत्काल टोली परिचालन गरी पक्राउ गरिएको हो । लामो समयदेखि फरार रहेका उनलाई पक्राउ गर्न प्रहरीको विशेष अनुसन्धान टोली सक्रिय थियो । जैसवालविरुद्ध काठमाडौं जिल्ला अदालतले बैंकिङ्ग कसुर मुद्दामा पक्राउ अनुमति आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि उनलाई खोजी कार्यलाई तीव्र बनाइएको थियो । फरार रहेकाले उनी विदेश भाग्न सक्ने आशंका गर्दै प्रहरी वृत्त गौशालाले राहदानी विभागमा उनको राहदानी विवरण माग गर्दै औपचारिक पत्राचार समेत गरेको थियो । माधवनारायण नगरपालिका–१ का स्थायी बासिन्दा रहेका जैसवाल लामो समयदेखि फरार रहेका थिए ।

प्रहरीका अनुसार उनी बैंकिङ्ग अपराधसँग सम्बन्धित मुद्दामा संलग्न थिए र लामो समयदेखि फरार पनि थिए । पक्राउपछी उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ भने अदालतमा पेश गर्ने तयारी भइरहेको डीएसपी खनालले जानकारी दिए ।

प्रहरीले यो पक्राउलाई ठूलो उपलब्धिको रुपमा लिएको छ, किनकि बैंकिङ्ग अपराध जस्ता मुद्दामा दोषीहरू वर्षौंदेखि फरार रहँदै आएका छन् । अब उनलाई अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया अगाडि बढाइने छ। यससँगै प्रहरी प्रशासनले बैंकिङ्ग क्षेत्रलाई दुरुपयोग गर्ने तथा आर्थिक अपराध गर्ने व्यक्तिहरूलाई कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ। जैसवालको पक्राउसँगै अन्य फरार अभियुक्तहरूलाई पनि खोजी कार्य अझ सशक्त बनाइने प्रहरीले जनाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*