Breaking News
श्री आधारभूत विद्यालय इनर्वाको जग्गा पाँच वर्षका लागि दिइयो ठेक्का

श्री आधारभूत विद्यालय इनर्वाको जग्गा पाँच वर्षका लागि दिइयो ठेक्का

आरएन पटेल,राैतहट,असार १५ गते।
रौतहटकाे बौधीमाइ नगरपालिका वडा नम्बर २ मा रहेको श्री आधारभूत विद्यालय इनर्वाको नाममा दर्ता रहेको ७ विघा १ कठ्ठा जग्गा आज औपचारिक रूपमा पाँच वर्षका लागि ठेक्कामा दिइएको छ ।
पूर्व जानकारीसहित सार्वजनिक गरिएको सूचना अनुसार आज सार्वजनिक रूपमा ठेक्का प्रक्रिया सम्पन्न भएको हो । ठेक्का प्रक्रिया प्रधानाध्यापक मनोज कुमार पटेलको संयोजनमा सम्पन्न भएको हो ।
उक्त जग्गा बौधिमाई नगरपालिका वडा नं. २ इनर्वा बस्ने स्थानीय हरिओम प्रसाद पटेलले १५ लाख ५९ हजार ९ सय ९५ रुपैयाँमा पाँच वर्षको लागि ठेक्कामा लिएका हुन।
ठेक्का प्रकिया वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेल, जसपा नेता तथा समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेल, वडा सदस्य मुकेश प्रसाद पटेल उर्फ रामजी पटेल, रामध्यान प्रसाद पटेल, समाजसेवी शंकर प्रसाद मस्ताना, बिरेन्द्र प्रसाद पटेल(सेठ), अशोक प्रसाद पटेल, जनमत नेता बिजय प्रसाद पटेल, नेकपा माओवादीका रामाकान्त प्रसाद पटेल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक, अभिभावक, भद्रभलाद्मी, बुद्धिजीवी तथा स्थानीय समुदायको रोहबरमा सम्पन्न गरिएको हो ।
शिक्षक तथा अभिभावकहरूले विद्यालयको नाममा रहेको सम्पत्ति पारदर्शी प्रक्रियामार्फत सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् ।
वडा अध्यक्ष पटेलका अनुसार ठेक्का भएको उक्त जग्गाको आम्दनीले विद्यालय सञ्चालन गर्न सहज हुने तथा अबको अगामी दिनमा विद्यालय प्रति सम्पूर्ण अभिभावक लगायत सर्वसाधारणहरुले सचेत नागरिकको भूमिका निर्वाह गर्न अपील गरेका छन।
ठेक्काबाट प्राप्त रकम विद्यालयको पूर्वाधार विकास, शैक्षिक सामग्री तथा अन्य आवश्यक सेवामा स्थानीयहरु लगायत जनप्रतिनिधिको सहकार्यमा खर्च गरिने प्र.अ. पटेलले बताएका छन।
विद्यालय प्रशासन, जनप्रतिनिधि र स्थानीयको सहकार्यमा यस प्रकृयालाई निष्पक्ष र पारदर्शी बनाउन सफल भएको जनाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*