दिपेन्द्र जयसवाल
बारा, असार २२ गते।
बारा जिल्लाको बारागढी गाउँपालिका पूर्ण खोप दिगोपना घोषणा सभा सम्पन्न भएको छ। स्वास्थ्य शाखा खोपवाको आयोजनामा शनिबार गाँउपालिकाले पूर्ण खोप सुनिश्चिका तथा दिगोपना घोषणा सभा कार्यक्रम सम्पन्न गरेको हो।
गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षता र गाँउपालिका उपाध्यक्ष लक्ष्मी देवी रायको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा गाँउपालिकाको अध्यक्ष जयसवालले ब्यानर पढेर उदघाटन गर्नु भएको थियो। प्रतिवद्धता पत्रमा लिखित हस्ताक्षर गरी सकेपछी उक्त गाँउपालिकालाई पुर्ण खोप घोषणा गरिएको छ। गाँउपालिकाको सभाहलमा भएको उक्त घोषणा सभामा जिल्ला स्वास्थ्य कार्यालय बाराको प्रतिनिधी राघवेन्द्र कर्ण,पालिकाको प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरी, वडा नम्बर २ को वडाअध्यक्ष जोगिन्द्र साह कलवार, वडा नम्बर ३ को वडाअध्यक्ष उमेश प्रसाद साह, वडा नम्बर ५ को वडाअध्यक्ष मैनेजर चौधरी, जनस्वास्थ्य निरिक्षक बिनोद प्रसाद चौधरी, गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश चौधरी, पालिका भित्र रहेका सबै वडाको स्वास्थ्य चौकीका प्रमुखहरु, स्वास्थ्यकर्मी, कर्मचारी स्थानिय जनप्रतिनिधि, महिला स्वयमसेविकाहरु संञ्चारकर्मीहरु गाँउपालिकामा कार्यरत बिभिन्न शाखाको शाखा प्रमुखहरु लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो। सो सभामा स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरीले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन योजना अनुगमन प्रमुख रञ्जित कुमार साहले गर्नु भएको थियो I
Sthaniya News
