Breaking News
रौतहटको औरैया स्थित पोखरीमा एक युवकको शव फेला

रौतहटको औरैया स्थित पोखरीमा एक युवकको शव फेला

स्थानीय न्यूज
रौतहट, असार २३ गते २०८२।
रौतहटको औरैया स्थित पानी टंकी नजिकको पोखरीमा डुविरहेको अवस्थामा एक युवकको शव फेला परेको छ ।
ईशनाथ नगरपालिका वडा नं. ३ घर भएका ३० बर्षीय युवक परमेश्वर गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
स्थानीय बासिन्दाहरुले पोखरीको विच भागमा युवकको शव देखिएको स्थानीय प्रहरीलाई खवर गरेपछि प्रहरीले शव बाहिर निकाल्दा युवक गुप्ताको रुपमा सनाखत भएको छ।
पोखरीबाट निकालिएका गुप्ताको शव प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टम गरिएको तथा उक्त घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*