Breaking News
वृन्दावनको प्रशासकीय भवन निर्माण कार्यको लागि नगर प्रमुख कुर्मीद्वारा स्थलगत निरीक्षण

वृन्दावनको प्रशासकीय भवन निर्माण कार्यको लागि नगर प्रमुख कुर्मीद्वारा स्थलगत निरीक्षण

स्थानीय न्यूज
रौतहट,साउन १४ गते।
रौतहटको वृन्दावन नगरपालिकाको प्रशासकीय भवन यथावतै  स्थानमा निर्माण हुन गइरहेको छ। नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न  ठोस् भवन न रहेको कारण कर्मचारीहरुलाई नगरपालिकामा बसेर काम गर्न तथा प्रसाशनिक कार्य सम्पादन गर्नुको साथै सेवा ग्राहीलाई सेवा लिन अप्ठ्यारो भइरहेको अवस्थाको मध्य नजर गर्दै वृन्दावन का नगर प्रमुख विनोद प्रसाद कुर्मीले चुनावको बेला जनता संग गरेको प्रतिबद्धता अनुसार आफ्नो कार्यकालमै प्रसाशकिय भवन बनाउन लाग्नुभएको छ।

वृन्दावन नगरपालिका रौतहट जिल्लाको सोह्र नगरपालिका र दुई गाउँपालिकाहरू मध्ये एक हो।२०७३ फाल्गुन २७ गतेका दिन यस नगरपालिकाक‍ घोषणा गर्दा विश्रामपुर,रमौली बैरिया, हर्दिया पल्टुवा, गम्हरीया बिर्ता र सखुअवा धमौरा गा.वि.स.हरू यसमा गाभिएर बनेको थियोे।

उक्त नगरपालिकाको क्षेत्रफल ९५.४ किमी२ (३६.८ वर्ग माइल) र जनसङ्ख्या (राष्ट्रिय जनगणना २०७८)[२] का अनुसार ४८,७४२ रहेको छ।नगरपालिकामा २०७४ को चुनावमा पहिलो मेयरको रुपमा रामस्नेही यादव निर्वाचित भएपनि आफ्नो पाँच वर्षको कार्यकाल मा प्रसाशकिय भवनको निर्माण गर्न असफल भएका थिए।

तर २०७९ को स्थानीय तहको चुनावमा निर्वाचित भई नयाँ मेयरका रुपमा निर्वाचित भए लगत्तै दृढ नेतृत्व, दूरदर्शिता र जनताको भावना प्रति निष्ठा बोकेको नेतृत्वकर्ताको रुपमा स्थापित हुँदै नगर प्रमुख कुर्मी नगरको चौतर्फी विकास गर्ने क्रममा हाल उक्त प्रसाशकिय भवनको निर्माण कार्यमा लागि परेका छन्।

बिगतमा स्थान परिवर्तन गर्ने प्रयास भए पनि नगर प्रमुख कुर्मीले जनताको चाहना अनुसार यथास्थानमै भवन निर्माण गर्ने प्रतिबद्धता जनाउँदै, पदभार सम्हालेपछि तत्कालै शिलान्यास गर्नुभएका थिए। त्यसपछि टेन्डर आह्वान, छनौट प्रक्रिया हुँदै आज निर्माण व्यवसायी अबदुल रहमान,कुमार बस्नेत र प्रोजेक्ट म्यानेजर संजय सेढाइ लाई स्थलगत निरीक्षण गराउँदै बिश्रामपुर स्थित निर्माणस्थलको अनुगमन गराउनुभएको छ र अबको केही दिनमै निर्माण कार्य पनि सुरुहुने भएको छ।

उक्त स्थल निरिक्षणकार्यमा वडा नम्बर १ का वडा अध्यक्ष रामनाथ सहनी,२ का वडा अध्यक्ष सिकिन्द्र राउत कुर्मी,३ का वडा अध्यक्ष हरिनरायण साह,५ का वडा अध्यक्ष फेकु दास,६ का वडा अध्यक्ष मजहर मन्सुर,८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह,९ का वडा अध्यक्ष प्रवेज आलम,जिल्ला समन्वय समितिका उपप्रमुख महेश बैठा र कार्यपालिका सदस्य राजेश पासवान (निर्माणी) तथा रामबाबु साह लगायत स्थानिय नागरिक अगुवा, बुद्धिजिवि व्यक्तित्व तथा भद्र-भलाद्मीहरुको उपस्थिति रहेको थियो।। र यस ऐतिहासिक निर्णय र सक्रियताका लागि स्थानीय जनता  नगर प्रमुख कुर्मीप्रति विशेष आभार व्यक्त गरेकाछन्।।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*