Breaking News
मातृ-शिशु स्वास्थ्यप्रति संवेदनशील पहल, भावी मेयर प्रत्यासी यादवद्वारा पोषणयुक्त खाद्यान्न वितरण

मातृ-शिशु स्वास्थ्यप्रति संवेदनशील पहल, भावी मेयर प्रत्यासी यादवद्वारा पोषणयुक्त खाद्यान्न वितरण

रौतहट,साउन १४ गते ।
तराईको ग्रामीण भेगमा आज पनि गर्भवती र सुत्केरी महिलाहरू कुपोषण, अज्ञानता र स्वास्थ्य सेवाको अभावका कारण गम्भीर संकट भोगिरहेका छन्। यस्तो संवेदनशील परिवेशमा नेपाली कांग्रेसका युवा नेता तथा फतुवा विजयपुर नगरपालिकाका भावी मेयर प्रत्यासी ज्ञानेन्द्र प्रसाद यादवले नेतृत्व गरेको पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रमले उल्लेखनीय सामाजिक प्रभाव पार्दैछ।
मधेस प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको सहयोग र यादवको व्यक्तिगत पहलमा नगरपालिकाका वडा नं १ देखि ११ सम्मका गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त सामग्री वितरण गरिएको हो।

कार्यक्रममा सिर्फ वितरण नभई जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरिएको थियो। यादवले महिलाहरूलाई कुपोषणबाट बच्न सन्तुलित आहारको महत्त्व, हरियो सागसब्जी, फलफूल, भिटामिनयुक्त पदार्थहरूको सेवन, साथै साफ-सफाइ र नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे जानकारी दिएका थिए।
उनले भने, “तराईका धेरै महिलाहरू गर्भावस्थामा आवश्यक पोषण र सल्लाह नपाएर स्वास्थ्य समस्यामा पर्छन्। शिशुको मृत्यु दर अझै न्यून भएको छैन। त्यसैले अब स्थानीय तहले जनचेतनामूलक कार्यक्रमलाई स्वास्थ्य सेवासँगै जोड्नुपर्छ।”
यादवले कार्यक्रमलाई राजनीतिक लोकप्रियता भन्दा माथि उठेर समाज रूपान्तरणको माध्यमको रूपमा अगाडि बढाएका छन्। उनको भनाइमा, “स्थानीय सरकार र सामाजिक नेतृत्वबीच सहकार्य हुँदा मात्रै मातृ तथा शिशु स्वास्थ्यमा दीर्घकालीन परिवर्तन सम्भव हुन्छ।”

कार्यक्रममा सहभागी महिलाहरूले पोषण सामग्री पाएपछि धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रम नियमित रूपमा हुनुपर्ने माग गरेका छन्। साथै, धेरैले यो कार्यक्रमबाट पहिलोपटक स्वास्थ्यबारे यति स्पष्ट र उपयोगी जानकारी पाएको बताए।
यस कार्यक्रमले तराई क्षेत्रमा कुपोषण, मातृ मृत्युदर र शिशु स्वास्थ्यजस्ता मुद्दाहरूलाई जनचेतनाको केन्द्रमा ल्याउन सफल भएको छ। भावी नेतृत्वका रूपमा यादवको सामाजिक उत्तरदायित्वप्रतिको सोच र सक्रियता स्थानीय राजनीतिमा नया मानक स्थापित गर्ने दिशामा रहेको देखिन्छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*