Breaking News
घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको आफ्नै कार्यालय भवन उद्घाटन

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको आफ्नै कार्यालय भवन उद्घाटन

सर्लाही, साउन २५ गते।
लामो समयदेखि भाडाको घरबाट सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको आफ्नै कार्यालय भवन उद्घाटन भएको छ ।
मलंगवा नगरपालिका–२, मा नवनिर्मित कार्यालय भवनको मधेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाले उद्घाटन गरेका हुन् । मन्त्री कुशवाहाले मलङ्गवास्थित घरेलु कार्यालय बारम्बार एक घरबाट अर्को घरमा भाडा सरिरहँदा कार्यालय नै अन्यत्र जाने हो की भन्ने चिन्तामा रहेका स्थानीयलाई अब आफ्नै स्थायी भवन निर्माण भएसँगै कार्यालय अन्यत्र कतै नसर्ने आश्वास्त पारेका छन् ।


एक करोड ६४ लाख २७ हजार १८७ रुपियाँ बजेट खर्चिएर घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको साँढे दुई तले भवन निर्माण गरिएको हो । आफ्नै भवन निर्माण भएसँगै आगामी दिनमा सेवाग्राहीलाई कार्यालय खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य भएको कार्यालय प्रमुख संजिपकुमार दुब्बेले उज्यालो अभियानसँग बताए ।
२०७८ असोज १३ गते भवन निर्माणका लागि हेम/सावित्री जेभी जनकपुरसँग सम्झौता भएको थियो । तर विभिन्न समयमा जग्गाको विवादका कारण समयमै भवन निर्माण कार्य पूरा हुन सकेन । राम कविर मठले प्रदान गरेको दुई कठ्ठा जग्गामा कार्यालय भवन निर्माण गरिएको हो ।
मलंगवा नगरपालिका–२, का वडाध्यक्ष धीरेन्द्र साहले वडा कार्यालयले निरन्तर समन्वय गरी जग्गाको विवाद सल्टाएर घरेलु कार्यालयको भवन निर्माणमा सहयोग गरेको बताउनुभयो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*