Breaking News
ने. अ. न. रौतहट जिल्ला अध्यक्षमा राकेश यादव चयन

ने. अ. न. रौतहट जिल्ला अध्यक्षमा राकेश यादव चयन

रौतहट, भदौ १४ गते।
नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको रौतहट जिल्ला समिति गठन गरिएको छ । समिति पुनर्गठन कार्यक्रम ने. अ. न. प्रचार प्रसार समिति रौतहटको आयोजनामा जिल्लाको सदरमुकाम गौर स्थित होटल जि मार्टमा गरीएको छ । संगठनमा आवद्ध जिल्लाका इन्जिनियर्सको हकहितको लागि हरदम तयार रहनको निमित्त १२५ सदस्य समिति गठन भएको छ । समितिका अध्यक्ष – राकेश यादव उपाध्यक्ष – अलोक साह, बलिराम साह, अरुण गुप्ता, करीना साह सचिव अनुरुध यादव सह सचिव दिव्य प्रकाश ठाकुर, अनिल साह, आर्यन दिपक राउत कोषाध्यक्ष रिता जयसवाल सह कोषाध्यक्ष तबरेज आलम जिल्ला सुचना संयोजक चन्द्रभुषण यादव जिल्ला प्रचार तथा प्रेस संयोजक लखिनद्र ठाकुर जिल्ला सल्लाहकार संयोजक ललन साह लगायत १२५ सदस्य समिति चुनिएको छ ।
कार्यक्रम ने. अ. न. को मधेश प्रदेश अध्यक्ष तेजनारायण यादवको अध्यक्षतामा सफलता पुर्वक सफल भएको छ। नव गठित समितिका अध्यक्ष राकेश यादवले आफ्नो कुरा राख्दै सबै साथीको सहयोको अपेक्षा सहित संगठनको लागि कट्टीबद्ध रहने प्रद्तिब्दता गरे साथी एकबद्ध भए एक ढिका भए संगठन लाई मजबुती प्रदान गर्ने सोचका साथ अगाडि बढ्ने अठोट रहेको उनले बताए ।
प्रदेश अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष रहेको यादवले आफ्नो कुरा राख्दै भने की यो संगठन स्थापनाको मात्र ५ वर्ष भएको छ तर यो संगठनको कार्य प्रगति देखेर अन्य संगठनका व्यक्तीहरु विचलिए भएको जिकिर गरे । यस संगठनका सदस्य तथा पद अधिकारी कुनै पार्टी बाट संचालित नभई निष्पक्ष रुपमा अगाडि बढिरहेको बताए । साथै यस संगठनमा जुडिएको इन्जिनियर कहीले पनी पदको लागि काम नगरेको मात्र एक सच्चा सदस्यको रुपमा निःस्वार्थ रुपमा काम गर्दै आइरहेको उनले भने ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*