स्थानीय न्यूज, सिरहा, भदौ १७ गते।
प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनको खुलासत्र भव्यताका साथ सम्पन्न भएको छ। जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृ संगठन प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको प्रदेश अधिवेशन मगंलबार सिरहाको मिर्चैया नगरपालिका-६ मिर्चैया बजार स्थित खुश्बू होटल एन्ड लॉजको सभा हलमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा मधेश प्रदेशको आठ जिल्लामा रहेको प्रेस मञ्च नेपालको जिल्ला समितिहरूको उपस्थितिमा भदौ १७ गते मंगलबार देखि शुरु भएको मधेश प्रदेश समितिको सो अधिवेशन दुई दिनसम्म चल्ने अध्यक्ष अभरेन्द्र यादवले बताएका छन् ।

अध्यक्ष यादवले अधिवेशनमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हामी पटक पटक विभिन्न समय प्रस्थितिमा टुट फुटका सिकारका बाबजुद पनि एकजुट भएको बताएका छन। अबको समय हामी सशक्त भएर अघि बढ्ने तथा संगठनलाई अझ सशक्त रुपमा अगाडी बढाईने उनले बताए ।
सो अधिवेशनले नयाँ कार्य समितिको चयन गर्नेछ । सो समितिमा भाग लिन मधेश प्रदेशका आठ जिल्लाका प्रतिनिधिहरु सहभागी भएको उपाध्यक्ष राम हृदय यादवले जनाएका छन् । मंगलबार साँझ साढ़े ४ बजेको समयमा अधिवेशनको खुलासत्र सम्पन्न गरेर आजै ५ बजेतिरबाट अधिवेशनको बन्दसत्र सुरु गरिएको आयोजकले बताएका छन।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद सुरेश कुमार मंडल, विशिष्ट अतिथि प्रदेश सांसद संजिला कुमारी यादव, पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, प्रेस मञ्च नेपालका केन्द्रीय कार्यबाहक अध्यक्ष मनोज यादव, जसपा नेपाल प्रदेश अध्यक्ष बालकिशोर यादव लगायत आठ वटै जिल्लाका प्रतिनिधि हरूको उपस्थिति रहेको थियो।
Sthaniya News
