आरएन पटेल, भदौ १८ गते।
रौतहटको गरुड़ा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेलाई भव्य स्वागत गरिएको छ।
गरुड़ा नगरपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको औपचारिक रुपमा नगर प्रमुख कन्थमणी प्रसाद जयसवालद्वारा भव्यताका साथ स्वागत गरिएको हो ।
पालिकाको कार्यालयमा नयाँ प्रशासकीय अधिकृतको रूपमा हाजिर हुन आएका न्यौपानेलाई नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले टिका माला लगाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । शुभकामना मन्तव्यका क्रममा नगर प्रमुख जयसवालले भने- “गरुड़ा नगरको समग्र विकास, सुशासन प्रवर्द्धन र पारदर्शी सेवा प्रवाहका लागि तपाईको भूमिका महत्वपूर्ण रहनेमा हामी पूर्ण विश्वास राख्छौं।”
त्यस्तै उनले न्यौपानेको नेतृत्वमा नगरबासीलाई प्रदान गरिने सेवाहरू अझ प्रभावकारी, सहज र पारदर्शी हुने आशा व्यक्त गरे।
नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेले नगरको विकास र सर्वसाधारणको हितलाई प्राथमिकता दिई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Sthaniya News
