Breaking News
कार्यवाहक नगरप्रमुख खातुनको औषधी पसलमा आगजनी, करोडौंको क्षति

कार्यवाहक नगरप्रमुख खातुनको औषधी पसलमा आगजनी, करोडौंको क्षति

राैतहट,भदौ २६ गते । 
रौतहटकाे फतुवा बिजयपुरकी कार्यवाहक नगर प्रमुख खातुनको औषधी पसलमा आगजनी गरिएको छ। बुधवार नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको निजी सम्पत्ति औषधी पसलमा जेन जी प्रदर्शनकारीको नाउमा युवाहरुकाे समूहद्वारा आगजनी गरिएको हो ।
नगरपालिकाको वडा नम्बर ५ सन्तपुर चाैक स्थित रहेको खातुनको औषधी पसलमा जेनजीसहितका केही व्यक्तिहरूले आगो लगाएको बताइएको छ । आगलागीबाट पसल पूर्णरूपमा नष्ट भएको छ भने करिब १ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।

घटनाको पुष्टि गर्दै प्रदेश सांसद प्रत्यासी मोहम्मद सेराजले आगजनीबाट ठुलो मात्रामा क्षति भएको जानकारी दिएका छन् । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरू माथि कार्यवाही गर्न माग गरेका छन् ।
यसअघि पनि फतुवा बिजयपुर नगरपालिकाभित्र आगजनीका घटना भइसकेका छन् । स्थानीय स्रोतका अनुसार हालैको समयमा नगरपालिकामा राजनीतिक तथा व्यक्तिगत कारणले तनावको स्थिति देखिएको थियो ।
स्थानीय बासिन्दाहरूले यस्ता घटनाले शान्तिपूर्ण जनजीवनमा असर परेको भन्दै यस्तो कार्य गर्न नहुने जिकिर गरेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*