Breaking News
गरुडामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष आगजनीले ध्वस्त

गरुडामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष आगजनीले ध्वस्त

रौतहट,भदौ २९ गते।
मध्यरौतहटको गरुडामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तोड़फोड़ तथा आगजनीले ध्वस्त भएको छ । नगरपालिकाको कार्यालयमा व्यापक तोडफोड, लुटपाट र आगजनी भएको छ । जेनजीहरुले आक्रमण गर्दै नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आगो लगाएका हुन् । भीषण आगलागीका कारण दुवै कोठा जलेर पूर्णरूपमा ध्वस्त भएका छन् ।
आगलागीका कारण तीनै कोठाको पर्खालमा ठूलो क्षति पुगेको छ । अन्य शाखाहरूमा समेत तोडफोड र आगजनी हुँदा कार्यालयभित्रका कागजात, सामग्री र फर्निचर जलेर नष्ट भएको छ । यता उपमेयरको कार्यकक्षमा भने सामान्य तोडफोड मात्र भएको देखिएको छ । प्रारम्भिक अनुमान अनुसार करोडौं रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

स्थानीयको भनाइ अनुसार, आकस्मिक रूपमा सुरु भएको घटनाले करिब सबै शाखा प्रभावित पारेको छ । आगलागी नियन्त्रणमा ल्याउन प्रयत्न भए पनि क्षतिको परिमाण निकै ठूलो भएको देखिएको छ । हाल गरुडा नगरपालिकाको कार्यालय पूर्ण रूपमा अवरुद्ध बनेको छ र सेवाग्राहीलाई कुनै सेवा दिन नसक्ने अवस्था उत्पन्न भएको छ ।

नगर प्रमुख र प्रशासनिक अधिकृतको कोठा जलेर नष्ट भएको भिडियो सार्वजनिक भएको छ । यस घटनापछि स्थानीय निकायमा सुरक्षाको सवाल फेरि उठेको छ । अनुसन्धान र दोषी पहिचानको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*