Breaking News
बौधिमाईको ३ स्थानमा पूर्व मेयर यादवद्वारा दुर्गा माताको नेत्र मिलन समारोह उद्घाटन तथा शुभकामना

बौधिमाईको ३ स्थानमा पूर्व मेयर यादवद्वारा दुर्गा माताको नेत्र मिलन समारोह उद्घाटन तथा शुभकामना

आरएन पटेल,रौतहट,असोज १३ गते ।
रौतहटको बौधिमाई नगरपालिकामा विजयादशमीको सातौं दिन माताको नेत्र मिलन (आँखा खोल्ने) समारोह भव्यताका साथ सम्पन्न भएको छ। सोमबार फुलपातीको यस विशेष अवसरमा पूर्व नगर प्रमुख तथा जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवको प्रमुख आतिथ्यमा नगरपालिकाको तीन स्थानमा विधिवत रूपमा कार्यक्रमको उद्घाटन गरिएको हो ।

बौधिमाई नगरपालिकाको वडा नं. ४ ईनवारी, वडा नं. २ इनर्वा र वडा नं. ७ बंकुलमा आयोजना गरिएको धार्मिक अनुष्ठान दुर्गा पूजामा रिबन काटी यादवले कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । उहाँले माताको आँखा खोली विधिपूर्वक पूजापाठलाई सुचारू गराउनु भएको छ, जसले स्थानीय तथा अन्य स्थानबाट आएका श्रद्धालुहरूको ठूलो भीडले पूजा स्थल आकर्षित भएको थियो ।

उक्त अवसरमा दुर्गा पूजा समिति इनर्वाद्वारा पूर्व मेयर यादवलाई प्रमुख अतिथिको रूपमा विशेष सम्मान गरिएको हो । आदय शक्ति दुर्गा पूजा समिति इनर्वाले उहाँलाई दोसल्ला ओढाएर, फूलमाला र टीका लगाई सम्मान गरेका हुन । यसै गरी कार्यक्रममा उपस्थित सबै अतिथिहरूलाई गमछा ओढाई सम्मान गरिएको थियो। प्रमुख अतिथि यादवले आफ्नो मन्तव्यमा माताको नेत्र मिलनजस्ता धार्मिक अनुष्ठानहरूले समाजमा धार्मिक आस्था, सांस्कृतिक सम्प्रेषण, र सामाजिक एकता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समारोहमा सहभागिता जनाउने स्थानीय तथा धार्मिक व्यक्तिहरूले माताको नेत्र मिलनजस्ता परम्परागत अनुष्ठानहरूले समाजमा धार्मिक आस्था सुदृढ गर्ने र यसले सांस्कृतिक पहिचानलाई जोगाउने बिषयमा जोड दिएका हुन । कार्यक्रमको समापनपछि सहभागीहरूले देवी दुर्गाबाट आशीर्वाद प्राप्त गर्दै आगामी दिनमा पनि यस्ता धार्मिक गतिविधिमा सक्रिय रहने प्रतिज्ञा गरेका छन ।
यस धार्मिक कार्यक्रममा समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलिप कुमार पटेल, बौधिमाई नगरपालिकाको वडा नं. १ का वडा अध्यक्ष रामजोधी राउत कुर्मी, वडा नं. ३ का वडा अध्यक्ष मणिभूषण साह, वडा नं. ७ का वडा अध्यक्ष नरेन्द्र कुमार सिन्हा, जसपा नेपालको युवा नेता विवेक कुमार यादव, वडा नं २ इनर्वाका पूर्व वडा अध्यक्ष रामबाबू प्रसाद कुशवाहा, जसपा नेपाल बौधिमाई नगरपालिकाका नगर अध्यक्ष हृदय नारायण राय यादव, नगर उपाध्यक्ष मोतिम हासमी, नगर सचिव रामाकान्त कुमार पटेल, वडा प्रत्याशी सिकेन्द्र यादव, सरमुजवा निवासी वडा नं ९ का वडा प्रत्याशी युवा नेता सुमेश्वरनाथ प्रसाद जयसवाल, कार्यपालिका सदस्य बिहारी ठाकुर, पिपरिया निवासी युवा नेता गजाधर राय यादव, अशेसर राय यादव, दिनेश राय यादव, प्रमोद यादव, राजकुमार पटेल, नवलकिशोर पटेल, अखिलेश यादव लगायत नगरपालिकाभरिका विभिन्न नेता, कार्यकर्ता, समाजका अगुवा,भद्र भलादमीहरू, श्रद्धालु भक्तजन लगायत सर्वसाधारणहरुको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*