Breaking News
सामुदायिक रेडियो प्रसारक संघको चौथो साधारण सभा सभा मौलापुरमा सम्पन्न

सामुदायिक रेडियो प्रसारक संघको चौथो साधारण सभा सभा मौलापुरमा सम्पन्न

स्थानीय न्यूज संवाददाता,रा‌ैतहट, मंसिर २२ गते। 
रौतहटको मौलापुर पिकनिक पार्कमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल, मधेश प्रदेशको चौथो साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले समुदायिक रेडियोहरूको वर्तमान चुनौती, पत्रकारिता क्षेत्रको दायित्व र सुधारका आवश्यकता बारे विभिन्न धारणा राखेका थिए ।
कार्यक्रमका मुख्य अतिथि पूर्वमन्त्री तथा आजपा अध्यक्ष प्रभु साहले समुदायिक रेडियोहरूले पछिल्ला वर्षहरूमा भोगिरहेको समस्याहरूप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताए । आन्दोलनका बेला महत्वपूर्ण भूमिका खेलेका पत्रकारप्रति राज्य उदासीन देखिनु दुःखद भएको उनले उल्लेख गरेका थिए ।
विशिष्ट अतिथि तथा आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काले पत्रकारहरूको जीवन बीमा, क्षमता विकास तालिम लगायत पत्रकार हितमा केन्द्रित कार्यक्रमहरू चालु रहेको जानकारी दिए। पत्रकारितामा आचारसंहिता र पेशागत मर्यादा पालनाकाे आवश्यकता उनले जोड दिए । त्यस्तै मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले पनि रेडियोले भाेग्नु समस्याका बारेमा आफ्नो धारणा राख्नु भयो ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीले रेडियोहरूले अब परम्परागत शैलीमै सीमित नभई आधुनिक प्रविधि अपनाएर सामग्रीको गुणस्तर उकास्नुपर्ने सुझाव दिए ।
देवही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले पत्रकारहरू ‘अवाजविहीनको आवाज’ भएको उल्लेख गर्दै जनताका समस्यालाई तथ्य र प्रमाणका आधारमा प्रस्तुत गर्न पत्रकारहरूलाई आग्रह गरे। कुनै पनि समाचारले कसैलाई अनावश्यक रूपमा अन्यायमा नपार्नुपर्ने उनले स्पष्ट पारेका थिए ।

संघकी प्रदेश अध्यक्ष उपसना तिवारीले धेरै समुदायिक रेडियोहरू आर्थिक र प्राविधिक कठिनाइबाट गुज्रिरहेको बताए । संघले सुरक्षा, स्थायित्व र सुदृढीकरणका लागि निरन्तर पहल गरिरहेको उनले जानकारी गराइन् । प्रदेश सरकारले विज्ञापन तथा अन्य कार्यक्रममार्फत सहयोग पुर्‍याइरहेको पनि उनले उल्लेख गरिन् ।
कार्यक्रममा रौतहट एफएमका चंचल झा र महोत्तरीका निरञ्जन साहले स्थानीय रेडियोहरूले सामना गरिरहेका चुनौती र सम्भावित समाधानबारे आफ्ना विचार प्रस्तुत गरे।
कार्यक्रमको सञ्चालन संघका सचिव प्रकाश मैनालीले गरेका थिए । साे कार्यक्रम राैतहटका सामुदायिक रेडियोकाे प्रतिनिधि र पत्रकारहरूकाे सहभागीता रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*