Breaking News
रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित, उपेन्द्र-रेणुबीच ऐतिहासिक एकीकरण

रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित, उपेन्द्र-रेणुबीच ऐतिहासिक एकीकरण

स्थानीय न्यूज, पौष १४ गते।
जनता समाजवादी पार्टीका सह-अध्यक्ष तथा पूर्व मन्त्री रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) सँग एकीकरण भएका छन ।


सोमबार बिहान ११ बजे जनता समाजवादी पार्टी नेपाल र रेणु यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच औपचारिक रूपमा एकीकरण सम्पन्न भएको हो ।

एकीकरणसम्बन्धी सहमतिपत्रमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवबीच हस्ताक्षर भएको छ। सहमतिसँगै रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा समाहित भएका छन ।
पार्टी एकीकरणले मधेश केन्द्रित राजनीति थप सुदृढ हुने नेताहरूले विश्वास व्यक्त गरेका छन । यस एकीकरणलाई आगामी राजनीतिक समीकरण र संगठन विस्तारका दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*