Breaking News
रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न

रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न

स्थानीय न्यूज, रौतहट, पौष २५ गते।

रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। गौर नगरपालिका, स्ट्रिट चाइल्ड अफ नेपाल तथा आसमान नेपालको सहकार्यमा सक्षम परियोजना अन्तर्गत बिहीबार बिद्यालयका बिद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। स्वास्थ्य शिविर उद्घाटन समारोहको अध्यक्षता नगर प्रमुख श्री शम्भु शाहले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिका विभिन्न वडाका वडाध्यक्षहरू, शिक्षा शाखा प्रमुख, स्वास्थ्य संयोजक, तथा समावेशी शिक्षा सञ्जाल (GIEN) का प्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
शिविर श्री आधारभुत विद्यालय बालमन्दिर, गौर ५ मा आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा गौर नगरपालिकाका १५ ओटा सामुदायिक विद्यालयमा अपाङ्गता प्रारम्भिक पहिचान (Early Screening) का क्रममा सम्भावित कठिनाइ भएका करीब १६० जनाभन्दा बढी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणका लागि विभिन्न विशेषज्ञ चिकित्सकहरूको सहयोगमा दृष्टि, सुनाइ, हिँडडूल र मानसिक तथा मनोसामाजिकसम्बन्धी सम्भावित कठिनाइ पहिचान भएका विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा आवश्यकता अनुरूपका औषधी तथा परामर्श सेवासमेत प्रदान गरिएको थियो ।
स्वास्थ्य परीक्षणपश्चात् करीब ४५ जनाभन्दा बढी विद्यार्थीहरूको थप जटिल स्वास्थ्य समस्या देखिएको हुँदा थप स्वास्थ्य परीक्षणका लागि रेफरल सेवा, अपाङ्गता परिचयपत्र, व्यवस्थापकीय तथा शैक्षणिक सेवासुविधाहरूको आवश्यकता देखिएको छ । गौर नगरपालिकाले यस प्रकारको विद्यालयका बालबालिका लक्षित पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गर्दै समयमै स्वास्थ्य समस्या पहिचान तथा सम्बोधन र आवश्यकता केन्द्रित उपलब्ध शैक्षणिक तथा व्यवस्थापकीय सेवासुविधाहरूको सुनिश्चिततासँगै समावेशी र गुणस्तरीय शिक्षामासमेत मद्दतपुग्ने कुरा नगर प्रमुखले बताउनु भएको थियो । साथै यसप्रकारको कार्यका लागि सहकार्य गरी सहयोग गरिरहनु भएका स्ट्रिट चाइल्ड तथा आसमान नेपालप्रति धन्यवाद व्यक्त गर्दै आगामि दिनमासमेत निरन्तर सहकार्यको आवश्यकता रहेको वताउनु भएको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*