स्थानीय न्यूज, रौतहट, पौष २४ गते।
जिल्ला प्रहरी कार्यालय रौतहटमा मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री ई. कनिस पटेलद्वारा सलामी ग्रहण गरिएको छ। मधेश प्रदेश सरकारका युवा, ऊर्जावान तथा लोकप्रिय माननीय मन्त्री ई. कनिस पटेललाई बिहीबार जिल्ला प्रहरी कार्यालय गौर रौतहटको प्राङ्गणमा नेपाल प्रहरीले औपचारिक रूपमा सलामी अर्पण गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा भएको उक्त कार्यक्रमका क्रममा मन्त्री पटेलको सम्मानमा सलामी दिइनुका साथै सुरक्षा स्थिति, शान्ति-सुरक्षा तथा जिल्लाको समग्र अवस्था सम्बन्धी विषयमा संक्षिप्त जानकारी आदान – प्रदान गरिएको थियो।

कार्यक्रमले प्रदेश सरकार र सुरक्षा निकायबीचको समन्वय, सम्मान र आपसी सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

Sthaniya News
