Breaking News
रौतहटमा सन्त गुरु रविदास जन्मजयन्ती भव्य रूपमा मनाइने, गुजरामा तयारी बैठक सम्पन्न

रौतहटमा सन्त गुरु रविदास जन्मजयन्ती भव्य रूपमा मनाइने, गुजरामा तयारी बैठक सम्पन्न

आरएन पटेल, रौतहट, माघ ०५ गते।
सन्त गुरु रविदासको जन्मजयन्ती माघ १८ गते भव्य रूपमा मनाउने तयारी सुरु भएको छ । चमार कल्याण समाज नेपाल केन्द्रीय समितिका उपाध्यक्ष पुनित रामको अध्यक्षतामा सम्पन्न बैठकले गुरु रविदास जन्मजयन्तीलाई समुदायस्तरमा व्यापक सहभागितासहित आयोजना गर्ने सर्वसम्मत निर्णय गरेको हो ।


रौतहट जिल्लाभरिका चमार समुदायका अगुवा, जनप्रतिनिधि, राजनीतिक दलका नेता-अभियन्ता, महिला नेतृ, विभिन्न संघ-संगठनका पदाधिकारी, बुद्धिजीवी, कर्मचारी, शिक्षक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
बैठक रौतहट क्षेत्र नं. ३ अन्तर्गत गुजरा नगरपालिका वडा नं. ८ स्थित केवल राम सुरत क्याम्पसको प्राङ्गणमा सम्पन्न भएको हो । बैठकले २०८२ माघ १८ गते गुजरा नगरपालिका-९, सिमरा भवानीपुरमा सन्त गुरु रविदासको जन्मजयन्ती भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य सामाजिक सद्भाव, समानता, मानवता र गुरु रविदास ज्यूका शिक्षालाई जन-जनसम्म पुर्‍याउनु रहेको बैठकले निष्कर्ष निकालेको छ । जन्मजयन्ती समारोहमा सांस्कृतिक कार्यक्रम, विचार गोष्ठी तथा सामाजिक चेतना अभिवृद्धि गर्ने विविध गतिविधिहरू समेटिने जनाइएको छ ।
चमार कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष पुनित रामले गुरु रविदास ज्यूले देखाउनुभएको समानता, श्रमको सम्मान र सामाजिक न्यायको मार्ग आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै समुदायका सबै वर्गलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो ।
रौतहटको सामाजिक चेतनामा सकारात्मक सन्देश फैलाउने अपेक्षासहित आयोजना गरिन लागेको यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिएको छ । आयोजक समितिले कार्यक्रमलाई ऐतिहासिक र प्रेरणादायी बनाउने तयारी तीव्र बनाएको जनाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*