Breaking News
जंगलसहिया,सिमरीमा पहाडी समुदायको उत्साह: गोविन्द चौधरीलाई बलियो जनाधार

जंगलसहिया,सिमरीमा पहाडी समुदायको उत्साह: गोविन्द चौधरीलाई बलियो जनाधार

आरएन पटेल,राैतहट,माघ २९ गते ।
रौतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले गुजरा नगरपालिका अन्तर्गत जंगलसहिया र सिमरीमा चुनाव विशेष प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
कार्यक्रममा विशेषगरी पहाडी समुदायको उल्लेखनीय सहभागिता र उत्साह देखिएको थियो । स्थानीय पहाडी समुदायका अगुवा तथा युवाहरूले विकास, समावेशिता र समान अवसरका मुद्दामा आफ्नो स्पष्ट धारणा राख्दै गोविन्द चौधरीप्रति समर्थन व्यक्त गरेका थिए । उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
उम्मेदवार चौधरीले पहाडी समुदायको पहिचान, अधिकार र सम्मानलाई सधैं प्राथमिकतामा राख्दै समावेशी विकासको प्रतिबद्धता व्यक्त गर्नुभयो । “रौतहट–३ सबै जातजाति, भाषा र समुदायको साझा घर हो। पहाडी समुदायको योगदान बिना यहाँको समग्र विकास सम्भव छैन,” उहाँले भन्नुभयो ।
सो अवसरमा जसपा नेपालका मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव पनि सहभागी हुनुभएको थियो । उहाँले पहाडी समुदायको सक्रिय सहभागिताले लोकतन्त्र अझ सुदृढ हुने उल्लेख गर्दै छाता छापमा मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमले जंगलसहिया क्षेत्रमा पहाडी समुदायको उत्साह र सहभागिताले चुनावी माहोल थप तताएको देखिएको छ । स्थानीय बासिन्दाहरूले आगामी निर्वाचनमा परिवर्तन र समावेशी नेतृत्वका पक्षमा उभिने प्रतिबद्धता जनाएका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*