स्थानियन्यूज, रौतहट, चैत २२ गते।
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्मको नवनिर्मित भवन सशस्त्र प्रहरी बल नेपाल नंबर २ बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालको प्रमुख अतिथिमा उक्त नवनिर्मित भवन उद्घाटन भएको हो। उक्त भवन उद्घाटनका लागि रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल,सशस्त्र प्रहरी नेपाल ११ नंबर गणका रामहरी अधिकारी, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिताराम रिजाल, गौर भन्सारका प्रमुख बिकाश रजक, भन्सार सुरक्षा गार्डका प्रमुख प्रहरी नायव निरीक्षक तेज प्रताप सिंह, गौर नगरपालिकाकी नगर उपप्रमुख शैल देवी सहित स्थानीय बासिन्दाको उपस्थिति रहेको सशस्त्र प्रहरी नेपाल सिमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम सागर बिष्टले बताएका छन।

नव-निर्मित कार्यालय र ब्यारेक भवन उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। बिगतको समयमा गौर भन्सार कार्यालयले सुरक्षाको दृष्टिले उपलब्ध गराएको भवन बर्षायाममा सुरक्षाकर्मीलाई नै दु:ख हुँदै आई रहदा सशस्त्र प्रहरी बल नेपालले आफ्नै लगानीमा जग्गा खरिद गरि बाढ रहित घर २ करोड १३ लाख ९ हजारको हाराहारीमा निर्माण सम्पन्न गरी सशस्त्र प्रहरी बल नेपाल नंबर २ बाहीनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक ढकालको प्रमुख अतिथिमा उद्घाटन भएको हो।
उहाँले नयाँ भवनको उद्घाटनसँगै सुरक्षाको सुदृढीकरण, सेवा प्रवाहमा सहजता तथा स्थानीय नागरिकको हितमा थप प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नु भएको छ ।

Sthaniya News
