Breaking News
बौधिमाई मेयर कपमा इनर्वा टिम सेमीफाइनलमा शानदार जितसँगै फाइनलमा प्रवेश

बौधिमाई मेयर कपमा इनर्वा टिम सेमीफाइनलमा शानदार जितसँगै फाइनलमा प्रवेश

आरएन पटेल,रौतहट, बैशाख ०९ गते।
बौधिमाई नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिता २०८३ अन्तर्गत आज सम्पन्न सेमीफाइनल खेलमा वडा नं. २ इनर्वा टिमले प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
आज भएको खेलमा वडा नं. ४ इनरवारी टिमले पहिले ब्याटिङ गर्दै १४.३ ओभरमा ८६ रन बनाउँदै अलआउट भएको थियो। सामान्य लक्ष्य पछ्याएको इनर्वा टिमले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै मात्र ९.२ ओभरमा लक्ष्य पूरा गर्दै सहज जित हात पारेको हो।
इनर्वाको जितमा कृष पटेल नायक सावित भए। उनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर ५ विकेट लिए। उनको शानदार प्रदर्शनका लागि उनलाई “म्यान अफ द म्याच” घोषित गरिएको छ ।


यस जितसँगै इनर्वा टिम फाइनलमा प्रवेश गरेको छ। अब इनर्वा टिमले बैशाख ११ गते बिहान १०:३० बजे वडा नं. ८ सरमुजवा टिमसँग फाइनल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
इनर्वा टिमको उत्कृष्ट प्रदर्शनले प्रतियोगितामा थप उत्साह र रोमाञ्च थपिएको छ, भने स्थानीय दर्शकहरूमा पनि फाइनल खेलप्रति विशेष चासो बढेको देखिन्छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*