आरएन पटेल । राैतहट । माघ १८ गते
रौतहट जिल्लाको गरुडा नगरपालिकामा तेस्रो चरणको आन्दोलन कार्यक्रमको लागी माधव प्रचण्ड समुहको आगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

गरुडा स्थित रहेको नविन गेष्ट हाउसमा सो भेला बोलाइएको थियो ।
गत पुस ५ गते प्रधामन्त्री द्धारा चालिएको असंवैधानिक कदमको विरुद्धमा बृहत जनमानव प्रदर्शन २८ गते काठमाण्डौ उपत्यकामा हुन लागेको बिषयमा छलफल भएको थियो । भेलामा शिक्षा क्षेत्र र स्थानीय तहको गतिविधिका बारेमा पनि छलफल भएको थियो ।

कार्यक्रमा प्रमुख अतिथि पूर्व शिक्षा मंत्री गिरीराज मनि पोखरेल , पूर्व सांसद रामकुमार भटराई , केन्द्रीय कमेटी सदस्य यूवराज भटराई ,केन्द्रीय कमेटी सदस्य कल्याणी खडका , जिल्ला अध्यक्ष कमल राय यादव, पूर्व सांसद अशोक जयसवाल ,पूर्व मन्त्री सत्यनारायण भगत , कटहरिया नगरपालिका को समाज सेवी यूवा नेता नगर स्तरीय संघर्ष समितिका संयोजक नसरूदिन अंसारी, कटहरिया नगरपालिकाकी उपमेयर नुरजाहा खातुन,यमुना माई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया,जिल्ला सदस्य राधामोहन यादव, पूर्व उपसभापति रोजदिन आलम ,सह संयोजक भुपेनद्र महतो ,भोला पाण्डे ,वडा संघर्ष संयोजक मिठु राय यादव लगायत अगुवा कार्यकर्ताको उपस्थितमा भव्यताको साथ सो भेला सम्पन्न भएको छ ।

Sthaniya News
