Breaking News
मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने

मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने

वैशाख – २७ – २०७९.
मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने भएको छ।
मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् ।

यसैबीच चुच्चे नक्सामा समेटिएको क्षेत्रमा पनि चुनाव हुन्छ त ? भन्ने प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा चुनाव गर्ने व्यवस्था गरेको बताउनुभयो । थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताउनुभएको हो ।

यसैबीच आयाेगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने तयारी गरेकाे छ । वैशाख ३० गते एकै चरणमा पालिका चुनाव हुँदैछ ।
#स्रोत_उज्यालोऑनलाइन_खबर

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*