आरएन पटेल । बैशाख ३० गते
रौतहटको बौधिमाई -२ इनर्वामा स्थानीयद्वारा मतपेटिका नष्ट गरिएको छ । जिल्लाको बौधीमाई नगरपालिका वार्ड न- २ इनर्वामा मतदान अधिकृतले नेकपा एमालेको ऊममेदवारको मिलोमतोमा एकलौटी ढंगले मताधिकार दुरूपयोग गर्न थालेपछि त्यहाको स्थानीय बासिन्दाले वयालेट सहित मतपेटिका जलाएर नष्ट पारी निर्वाचन कार्य रद गराएका छन।

नगरपालिकाको वडा नं. २ इनर्वा प्रा वि इनर्वा टोलमा रहेको एकै ठाउमा तीन मतदान केन्द्रमा भइरहेको मतदान कार्यमा मतदान अधिकृत लगायत नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार तथा प्रहरी प्रसाशनको मिलोमतोमा नियम विपरीत कार्य गरि एकपक्षिय तरिकाले निर्वाचन गराई एक राजनतिक दललाई सहयोग गरी रहेको अवस्थामा स्थानीयहरुमाथि दमन शोषण गरी निर्वाचन आयोगको नियम विपरीत कार्य गरेको आरोपमा स्थानियहरु आक्रोसित भई निर्वाचन कार्य स्थगित गराउन खोज्दा निजहरु नमानेकाले निर्वाचन कार्य रोक्न स्थानियहरु प्रतिकारमा उत्रेका थिए । हाम्रो यस वडामा निर्वाचन कार्य निष्पक्ष र नियमानुसार नभएको कारण आफूहरु असन्तुष्ट भई बाध्य भएर मतपेटिका नष्ट गरेको स्थानीयहरूले बताएका छन ।
Sthaniya News
