स्थानीय न्यूज । रौतहट । ०७ जेठ २०७९
रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा ३ वटा वडा तहको मतपरिणाम आएको छ । अहिलेसम्म एउटा वडा नं. १ अजगैबीमा जसपा नेपाल, दोस्रो वडा नं. ९ सरमुजवामा नेकपा एमाले विजयी भएको छ भने तेस्रो वडा नं. २ इनर्वामा नेपाली काँग्रेसले जित हात पारेको छ ।

बौधिमाई नपा वडा नम्बर २ मा काँग्रेसको उम्मेदवार धर्मेन्द्र प्रसाद पटेल विजयी भएका छन् । पटेलले ७ सय २१ मत पाएका छन् । उनले आफनो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार तथा निवर्तमान वड़ा अध्यक्ष रामबाबु प्रसाद कुशवाहालाई ६२ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
सो वडामा वडा सदस्यहरूमा काँग्रेसको पुरै प्यानल नै विजयी भएका छन् ।

अहिलेसम्म ३ वटा वडाको परिणाम मध्ये बौधिमाई १ मा जसपाका रामजोधी राउत कुर्मी,वडा नम्बर २ मा नेपाली काँग्रेसका धर्मेन्द्र प्रसाद पटेल,वडा नम्बर ९ मा नेकपा एमालेका मुक्तिनारायण मिश्र विजयी भईसकेका छन् । वडा नम्बर ८ सरमुजवाको मतगणना जारी रहेको छ ।

Sthaniya News
