Breaking News
बौधिमाई ३ मटिअर्वा काे वडाध्यक्षमा जसपाका मणिभूषण प्र. साह विजयी

बौधिमाई ३ मटिअर्वा काे वडाध्यक्षमा जसपाका मणिभूषण प्र. साह विजयी

स्थानीय न्यूज । रौतहट । ०८ जेठ २०७९
रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ३ मटिअर्वाको मतपरिणाम आएको छ । वडा नं. ३ मटिअर्वामा जनता समाजवादी नेपालका वडा अध्यक्ष पदका उम्मेदवार मणिभूषण प्रसाद साहले ऐतिहासिक दोब्बर भन्दा पनि बढ़ी मत अन्तरले जित हात पारेको छ ।        
जसपा नेपालका उम्मेदवार साहले ६ सय ६० मत पाएका छन् । उनले आफनो निकटतम प्रतिद्वन्द्वी नेकपा एसका उम्मेदवारलाई ३४० मतले पराजित गर्दै निर्वाचित भएका हुन् । सो वडामा वडा सदस्यहरूमा जसपाको पुरै प्यानल नै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एसका उम्मेदवारले ३ सय २० मत प्राप्त गर्दा जसपाका नव निर्वाचित साहले ६ सय ६० मत प्राप्त गरी फराकिलो ३ सय ४० मत अन्तरले जित हात परेका छन ।

बौधिमाई नगरपालिकामा अहिलेसम्म ५ वटा वडाको परिणाम मध्ये बौधिमाई १ मा जसपाका रामजोधी राउत कुर्मी,वडा नम्बर २ मा नेपाली काँग्रेसका धर्मेन्द्र प्रसाद पटेल,वडा नम्बर ९ मा नेकपा एमालेका मुक्तिनारायण मिश्र,वडा नं. ८ मा नेपाली कांग्रेसका बिन्देश्वर राय यादव र वडा नम्बर ३ मटिअर्वामा जनता समाजवादी पार्टी नेपालका मणिभूषण प्रसाद साह विजयी भईसकेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*