स्थानीय न्यूज । रौतहट । ०८ जेठ २०७९
रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ७ बंकूलको मतपरिणाम आएको छ । वडा नं. ७ बंकूलमा जनता समाजवादी पार्टी नेपालका वडा अध्यक्ष पदका उम्मेदवार नरेन्द्र प्रसाद सिन्हाले भारी मत अन्तरले जित हात पारेको छ ।

जसपा नेपालका उम्मेदवार सिन्हाले ७ सय ९९ मत पाएका छन् । उनले आफनो निकटतम प्रतिद्वन्द्वी नेकपा एसका उम्मेदवार बिजय प्रसाद कुशवाहालाई ८९ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । सो वडाका वडा सदस्यहरूमा जसपाको पुरै प्यानल नै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एसका उम्मेदवार कुशवाहाले ७ सय १० मत प्राप्त गर्दा जसपाका नव निर्वाचित वडा अध्यक्ष सिन्हाले ७ सय ९९ मत प्राप्त गरी फराकिलो ८९ मत अन्तरले जित हात परेका छन ।

बौधिमाई नगरपालिकामा अहिलेसम्म ६ वटा वडाको परिणाम मध्ये बौधिमाई १ मा जसपाका रामजोधी राउत कुर्मी,वडा नम्बर २ मा नेपाली काँग्रेसका धर्मेन्द्र प्रसाद पटेल,वडा नम्बर ९ मा नेकपा एमालेका मुक्तिनारायण मिश्र,वडा नं. ८ मा नेपाली कांग्रेसका बिन्देश्वर राय यादव, वडा नम्बर ३ मटिअर्वामा जनता समाजवादी पार्टी नेपालका मणिभूषण प्रसाद साह र वडा नम्बर ७ बंकुलमा जनता समाजवादी पार्टी नेपालकै नरेन्द्र प्रसाद सिन्हा विजयी भईसकेका छन् ।

यसका साथै बौधिमाई नपा वडा नं. ४ इनरवारीको मतगणना कार्य जारी रहेको छ । वडा नम्बर ४ मा कुल २२ सय ९० मत खसेकोमा ९ सय १० मत गणना हुदा जसपा नेपालका उम्मेदवार अग्र स्थानमा रहेका छन । जसपा नेपालका वडा अध्यक्ष उम्मेदवारले ३ सय ६७ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एसका वडा अध्यक्ष उम्मेदवार २ सय ८९ प्राप्त गरी प्रतिस्पर्धामा रहेका छन ।

Sthaniya News
