स्थानीय न्यूज । रौतहट १० जेष्ठ।
रौतहटको बौधिमाई नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदीप यादव तथा नगर उप प्रमुखमा प्रमिला देवी जयसवाल बिजयी प्राप्त गरेका हुन । उनले ४८१० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी जसपाका राजीव रंजन यादवले ४६२४ मत प्राप्त गरेका हुन । १८६ मतले अग्रता कायम गर्दै प्रदीप यादव नगर प्रमुखमा निर्वाचित भएका हुन ।

त्यस्तै नगर उप प्रमुख जयसवालले ४८९४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी जसपाका सीमा नेसाले ४४८१ मत प्राप्त गरेकी हुन । बौधिमाई नगरपालिकामा नेकपा एसले ३ वटा वडा वडा नंबर ४, ५ र ६ मा बिजयी हासिल गरेका छन ।

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रिय अध्यक्ष माधव कुमार नेपालको गृह जिल्ला रौतहटमा अहिले सम्म नेकपा एकीकृत समाजवादी पार्टीले ४ ओटा नगरपालिकामा जित हासिल गरेका छन् ।
Sthaniya News
