आरएन पटेल । असार १० गते ।
रौतहटको वृन्दावन नगरपालिकाको छैठौं नगरसभा भव्य तथा सभ्य रुपमा सम्पन्न भएको छ । नगर सभाबाट कुल ८५ करोड ४३ लाख ३७ हजार बराबरको जम्मा बजेट विनियोजन गर्दै नगर प्रमुख बिनोद पटेल कुर्मिले बजेट प्रस्तुत गरेका हुन ।

वृन्दावनको विकास तथा नगरका जनताहरुको चाहना अनुसार काम गर्न यस कार्यकालको पहिले तथा नगरपालिकाको छैठो नगर सभाको अध्यक्षता नगर प्रमुख विनोद प्रसाद कुर्मीले गर्नुभएको थियो भने सभामा स्वागत मन्तव्य नगर उपप्रमुख संगिता कुमारी रामले गरेकिथिइन्। त्यसैगरी कार्यक्रमको प्रमुख अथितिको रुपमा नेकपा एसका नेता तथा संविधान सभा सदस्य रामकुमार भट्टराई र विशिष्ट अथितिको रुपमा मधेस प्रदेशका उधोग प्रयटन तथा वन राज्य मन्त्री नागेन्द्र यादव,प्रदेश सांसद हसिमा खातुन,नेकपा एसका युवा एवम् जुझारु नेता अरुण राम, अतिथिको रुपमा शिक्षक प्रभु पटेल,उपेन्द्र महतो,रामअधारा पासवान र भोला पासवान लगायत समाजसेवी सलामोदिन दर्जी लगायतका व्यक्तिहरु रहेको थियो । कार्यक्रममा नगरभरीका विभिन्न दलका राजनीतिकर्मी,स्वास्थकर्मी,शिक्षक-शिक्षिका,जेष्ठ नागरिक बुधिजिवि,भद्र भलादमी र पत्रकार,प्रशासन लगायत हजारौका संख्यामा स्थानीय जनसमुदायको समेत सहभागीता रहेको थियोे ।

सो नगर सभाबाट विनियोजन बजेट मध्ये आय तर्फ गरिएको अनुमान संघिय वितिय समानिकरण अनुसार -१३ करोड ४४ लाख रहेको छ भने संघीय विशेष अनुदानबाट १ करोड ७० लाख,संघीय समपुर अनुदान १ करोड ५० लाख,संघीय राजस्व बाँडफाँड ११ करोड ४८ लाख ७९ हजार,आन्तरिक श्रोत ७ करोड १० लाख,प्रदेश समानिकरण अनुदान ९६ लाख ५८ हजार,प्रदेश विशेष ३० लाख,प्रदेश समपुरक अनुदान २० लाख,प्रदेश राजस्व १५ लाख,संघिय सरकार तथा प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने रकम ४ करोड ३६ लाख जुन यो भन्दा पहिलाको कार्यकालमा फ्रिज भएको थियो,संघिय सशर्त तर्फको २२ करोड ३३ लाख,प्रदेश सशर्त तर्फबाट १ करोड र सामाजिक सुरक्षा भता बालपोषण समेतको २१ करोड रहेको छ। त्यसगरी व्यय तर्फ गरिएको अनुमान वडा कार्यालयहरुलाई उपलब्ध श्रोत र प्राथमिकताका आधारमा जम्मा रु.७ करोड १० लाख रहेको छ भने विषयगत शाखाहरुका लागि ४ करोड ७८ लाख ३६ हजार रहेको छ ।

जसमध्ये शिक्षा युवा तथा खेलकुद ,स्वास्थ्य शाखा ,कृषि विकास शाखा ,रोजगारी तथा लघुउधम ,पशु सेवा ,महिला तथा बालबालिका,अपाङ्ग ,दलित,पिछडिएको क्षेत्र र संस्थागत विकास तथा सुशासन तर्फ रहेको छ। त्यस्तै नगर स्तरीय परियोजनाका लागि १३ करोड रहेको छ। जसमध्ये प्रशासकिय भवन निर्माण लागत साझेदारी,वडा कार्यालय भवन निर्माण,स्वास्थचौकी भवन निर्माण,सडक कालो पत्रे,सडक ढलान,सडक स्तरोन्नति ग्राभेल र प्रस्तावित जनमुखी कार्यक्रमहरु आदि रहेको वृन्दावन का नगर प्रमुख विनोद प्रसाद कुर्मीले निति तथा बजेट प्रस्तुत गर्दै जानकारी गराएका छ्न । साथै वहाँले यहाँका मालिक प्रथा हटाएर आफू सधै जनताको दासको रुपमा काम गर्ने बताउदै अबको केही दिनमै वृन्दावनमा अमुल्य परिवर्तन हुने र समृद्ध वृन्दावन र सुखी वृन्दावन वासी भन्ने नाराका साथ आफ्नो यस नगरपालिका वासिहरुका लागि अहोरात्री खटेर भए पनि आफ्नो नगरपालिका लाई प्रदेशकै नम्बर १ नगरपालिका बनाउने आफ्नो योजना रहेको बताए। नगर प्रमुख कुर्मीले शिक्षा,स्वास्थ कृषि तथा भौतिक पुर्वधारको मध्यनजर गर्दै नगरसभाको खुला सत्र सम्पन्न गरेको छ।

Sthaniya News
